मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

युक्रेनका सयभन्दा बढी ड्रोन नष्ट गरेको रुसको दाबी

काठमाडौँ – रुसले क्रिमिया र रुसका केही क्षेत्रमा युक्रेनले गरेको ठूलो आक्रमणलाई असफल बनाएको दाबी गरेको छ ।

रुसले युक्रेनका सयभन्दा बढी ड्रोन र ६ वटा मानवरहित डुङ्गा नष्ट गरेको दाबी गरेको हो ।

रुसले सबैभन्दा गम्भीर हमला दक्षिणी रुसको क्रास्नोडार क्षेत्रमा भएको दाबी गरेको छ । अनलाइन पोस्ट गरिएको भिडियोले क्षेत्रको येइस्कमा रहेको सैन्य एयर बेस नजिकै आगलागी देखाएको छ ।

क्रास्नोडार अधिकारीहरूले सैन्य अड्डा नजिकैका घटनाहरूबारे टिप्पणी गरेका छैनन् तर इल्स्की नजिकैको तेल रिफाइनरीको प्रशासनिक भवनहरूमा आगलागी भएको बताएका छन्।

अधिकारीहरुका अनुसार आगो निभाइएको छ भने घटनामा दुई जना घाइते भएका छन् । स्थानीय गभर्नरका अनुसार क्रास्नोडार सहरमा भग्नावशेषबाट खसेर एक जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?