मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सेकेण्ड ह्याण्ड आइफोन किन्दा के कुरामा विचार गर्ने ?

काठमाडौँ – आईफोन प्रति युवाहरूको बढ्दो क्रेजले अनलाइन प्लेटफर्ममा सस्तो मूल्यमा आईफोन पाउन सकिन्छ भनेर खोजी गर्नेहरूको सङ्ख्या ठूलो छ ।

यसको महँगो मूल्यका कारण केही आईफोन प्रेमीहरूले पैसा बचत गर्न सेकेन्ड ह्यान्ड स्मार्टफोन किन्ने गर्दछन् । आज हामी आईफोन किन्नु अघि के जाँच गर्ने र के नगर्ने भन्ने बारेजानकारी दिदै छौँ 

– सबैभन्दा पहिले त सेकेन्ड ह्यान्ड आईफोन किन्दै हुनुहुन्छ भने, निश्चित रूपमा मूल रसिदको हार्ड प्रतिलिपि वा सफ्ट प्रतिलिपि माग्नु सबैभन्दा उचित कार्य हुन्छ । यसले तपाइको फोन सक्कली हो भन्ने पनि प्रमाण दिन्छ ।

– आईफोनको ब्याट्री स्वास्थ्य जाँच गर्न, सेटिङमा गएर ब्याट्रीमा जाने र त्यसपछि ब्याट्री हेल्थ र चार्जिङमा जानुहोस् । यदि आईफोनको ब्याट्री ८० प्रतिशत भन्दा बढी छ भने, डिभाइसले राम्रो ब्याट्री लाइफ दिन्छ । यदि तपाईँले ब्याट्री स्वास्थ्य देख्नुभएन भने, आईफोन नक्कली छ।

– एप्पलले वारेन्टी प्रमाणीकरणको लागि आइएमइआइ नम्बरको अतिरिक्त आफ्ना सबै उत्पादनहरूमा सिरियल नम्बरहरू प्रदान गर्दछ । यसलाई जाँच गर्न, तपाइँ सेटिङमा गई जेनरलमा जानुपर्छ र त्यसपछि अबाउटमा थिच्नुपर्ने हुन्छ । अबाउटमा गएर आईफोनको सिरियल नम्बर जाँच गर्न सक्नुहुन्छ ।

तपाईले सिरियल नम्बर कपि गरेर checkcoverage.apple.com मा गई पेस्ट गरेर फोनको बारेमा सबै जानकारी पत्ता लगाउन सक्नुहुन्छ ।

– एप्पलले आइफोनको डिस्प्ले कुनै सेवा केन्द्रद्वारा प्रतिस्थापन वा मर्मत गरिएको छ कि छैन भनेर पहिचान गर्न सजिलो बनाएको छ । यो जाँच गर्न, तपाइँ सेटिङ्गमा गएर डिस्प्ले एण्ड ब्राइटनेसमा गएर ट्रु टोनलाई एक्टिभेट गर्न सक्नुहुन्छ ।

यदि यो सक्रिय छैन भने, आईफोन मर्मत गरिएको र स्थानीय डिस्प्ले फिट गरिएको उच्च सम्भावना हुने गर्दछ । त्यसैगरी, छनोट गरिएका आईफोनहरूमा, एप्पलले तेस्रो–पक्ष स्पेयर पार्ट्स भएका आईफोनहरूमा फेस आईडी पनि लक आउट गर्ने गरेको छ ।

– सेकेन्ड ह्यान्ड आईफोन लिँदा, सेल्फी क्यामेरा सहित आईफोनका सबै क्यामेराहरू काम गरिरहेका छन् भनी सुनिश्चित गर्नुहोस् । प्रयोग गरिएको आईफोनमा सानो स्क्र्याचहरू सामान्य हुन् तर धेरै ठूलो स्क्रयाचहरु भएमा भने सचेत हुनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?