यदि तपाईं आफ्नो मोबाईलमा एकसाथ दुई वटा ह्वाट्सएप अकाउण्ट चलाउन चाहनुहुन्छ भने, सुरुमा आफ्नो मोबाइलको सेटिङमा जानुहोस् ।
सेटिङमा तल स्क्रोल गर्नुहोस् । त्यहाँ रहेको एप्स अप्सनभित्र क्लोन अथवा एप ट्विन फिचर देख्नुहुनेछ । त्यसमा दबाउनुहोस् ।
एप क्लोनर विकल्पमा तपाईं आफ्नो मोबाइलमा रहेका एपहरुको सूची देख्नुहुनेछ । यसबाट ह्वाट्सएप ट्याप गर्नुहोस् ।
व्हाट्सएपमा ट्याप गरेपछि तपाईंले एप क्लोन विकल्प देख्नुहुनेछ । त्यसलाई अन गर्नुहोस् ।
यति गरेपछि तपाईंको मोबाइलमा ह्वाट्सएप क्लोन तयार हुन्छ । यसमार्फत तपाईं आफ्नो मोबाइलमा एकसाथ दुई वटा ह्वाट्सएप अकाउण्ट चलाउन सक्नुहुन्छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया