मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पहिरो खस्दा बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ – पहिरो खस्दा बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ।

अविरल वर्षासँगै बेँसीसहर नगरपालिका–६ खरखरेभीरमा ठूलो ढुंगागासहितको पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।

खरखरेभीरमा सडक माथिबाट ठूलो ढुङ्गासहित पहिरो खसेपछि सडक अवरुद्ध भएको र बाटोमा पर्ने अक्टोपस झरनामा पानी बढेपछि आवागमन रोकिएको लमजुङ प्रहरी कार्यालयका सूचना अधिकारी  प्रहरी निरीक्षक थानेश्वर चपाईंले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?