मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सामाजिक सञ्जाल

घरेलु हिंसामा परेको भन्दै टिकटक लाइभ गर्ने ‘सोचेझैँ जिन्दगी रैनछ’ की गायिका मधु क्षेत्री को हुन् ?

काठमाडौँ– गायिका मधु क्षेत्रीले आफू श्रीमानबाट घरेलु हिंसामा परेको कुरा मङ्गलवार आफ्नो सामाजिक सञ्जाल टिकटकमार्फत सार्वजनिक गरिन् । उनको पारिवारिक कलहको विषय बाहिर्उिपछि अहिले उनीबारे विभिन्न कोणबाट मिडियादेखि आम मानिसमा चर्चा तथा परिचर्चा भइरहेको छ ।

आफूलाई श्रीमान् सुरेश खड्काले कुटपिट तथा शारीरिक यातना दिने गरेको उनले बताएकी छिन् । गत २०८० असारमा मात्रै अष्ट्रेलियामा बस्दै आएका सुरेश खड्कासँग दोस्रो विवाह गरेकी थिइन् । दोस्रो विवाहपश्चात पनि उनी मिडियामा निकै खुलेरै छाएकी थिइन् ।

पहिलो घरबार असफल भएपनि उनले मिडिया र टिकटक मार्फत भगवान् जस्तै श्रीमान् पाएको पनि बताउँदै आएकी थिइन् । विवाह गरेको केही समयपछि नै उनी श्रीमान्सँगै अष्ट्रेलिया पुगेकी थिइन् । यद्यपि विवाह भएको एक वर्ष नबित्दै गायिका क्षेत्रीले श्रीमान्ले गर्ने व्यवहारको बारेमा सामाजिक सञ्जालमै आएर खोलिन् ।

मंगलबार मध्यराति अनुहारमा निलडामसहित टिकटकमा लाइभमा आएकी उनले आफू केही महिना यतादेखि नै श्रीमानबाट हिंसामा पर्दै आएको उनले बताएकी छिन् । उनले भनेकी छिन्, ‘जिन्दगीमा मलाई कहिल्यै पनि इज्जतमा राखेन । गायन क्षेत्र छोडँे । कति कुरामा डिप्रेस भएँ । उसलाई सुधार्नका लागि भए पनि कहिल्यै मैले बाहिर ल्याइनँ । मान्छे हो सुधिने आशा थियो ।’
आफूले पहिलो वैवाहिक सम्बन्धको बारेमा सबै जानकारी दिएर मात्रै सुरेशसँग विवाह गरेको उनले बताएकी छिन् । सञ्चार माध्यमले सुरेशको बारेमा थाहा पाएपछि कुनै केटासँग नकारात्मक दृष्टिकोणले नबोलेको उनको भनाइ छ । तर पनि श्रीमान् र श्रीमान्को परिवारले आफ्नो चरित्रमाथि औँला उठाएको उनले बताएकी छिन् ।

उनको लाइभको अनुसार मधु अहिले गर्भवती छिन् । परिवारका सदस्यले मधुको पेटमा रहेको बच्चा सुरेशको नभएको आरोप समेत लगाउँदै आएको उनको गुनासो छ । उनले भनेकी छिन्, ‘उसको दाजुले पनि मेरो पेटको बच्चा उसको भाइको होइन भन्छन् रे ! म देखाउँछु कसको हो ? मलाई पनि उसले ह्यारेसमेन्ट गरेको थियो ।’

उनले श्रीमान् सुरेशको दाजु भाउजुसँग पनि कुनै सम्बन्ध नरहेको बताएकी छिन् । साथै श्रीमान्ले आफूसँगै छोरी पनि कुनै वास्ता नगरेको उनले बताएकी छिन् ।

को हुन् मधु क्षेत्री

विसं. २०४७ मा कैलालीको चौमालामा जन्मिएकी मधु क्षेत्री बाल्यकालदेखि नै ठाडी भाका, डेउडा भाका गाउँथिन् । विद्यालय जीवनमा गायन क्षेत्रमा अब्बल बनेकी क्षेत्रीले २०६१ सालमा १५ वर्षकै उमेरमा विवाह गरेकी थिइन् । विवाह गरेको एक वर्षमा मधुको कोखबाट एक जना छोरीको जन्म भयो । तर पनि वैवाहिक जीवनबाट कहिल्यै पनि खुसी भइनन् ।

अन्तत: त छोरीलाई ‘सिंगल मदर’ भएरै हुर्काउने निधोसहित उनी काठमाडौँतिर आइन् । काठमाडौँमा विभिन्न दुःख गरेकी गायिक क्षेत्रीले दोहोरी साँझमा काम गर्न थालिन् ।

लामो समय विभिन्न संघर्ष गर्दै आएकी मधुले २०७७ मा तीज गीत ‘सोचे झैं जिन्दगी रैनछ’ बोलको गीतमा स्वर दिएकी थिइन् । नेत्र अर्यालको लेखन र खेम सेञ्चुरीको संगीतमा रहेको सो गीत निकै लोकप्रिय बन्यो । सो गीतमा मधु आफैँ मोडल पनि बनेकी छिन् । उक्त गीत पछि उनको चर्चा निकै नै चुलिएको थियो ।

एक दशकभन्दा बढी गायन क्षेत्रमा आवद्ध उनी गत वर्षको असारमा अष्ट्रेलिया निवासी सुरेश खड्कासँग दोस्रो विवाह गरेकी थिइन् । विवाह गरेको केही समय पछि उनी सांगीतिक क्षेत्रलाई नै बिट मारी छोरीसहित अष्ट्रेलियामा गएकी थिइन् ।

विवाहपछि उनले एउटा अन्तर्वार्तामा भनेकी थिइन्, ‘मेरो श्रीमान् एक दम राम्रो हुनुहुन्छ । मसँगै छोरीलाई पनि एकदम राम्रो व्यवहार गर्नुहुन्छ । जसको वर्णन म गर्न सक्दिँन ।’

उनले दोस्रो विवाह पछि एक कार्यक्रममा भगवान् जस्तो श्रीमान् पाएको बताएकी थिइन् ।

मधु क्षेत्रीको पहिलो श्रीमान्बाट एक छोरी छिन् । उनको छोरी अहिले १८ वर्षकी भएकी छिन् । उनले पहिलो श्रीमान्सँग सम्बन्ध विच्छेद गरिसकेपछि मात्रै दोस्रो श्रीमान्सँग सम्बन्ध गाँसेकी थिइन् ।

उनको दोस्रो श्रीमान्को पनि पहिलो विवाहबाट तीन वटा सन्तान छन् । पहिलो श्रीमतीसँग सम्बन्ध विच्छेद भएपछि मधुसँग विवाह गरेका थिए ।

मधुले विभिन्न दोहोरी साँझमा गीत गायकी छिन् । यसका साथै उनले ‘ब्युटी ब्युटी,’ ‘पिरतीको एक्का’ जस्ता गीत गाएकी छिन् ।

गायक मिलन लामासँग ‘जवानी छल्कियो’ बोलबाट उनले औपचारिक गायन यात्रा शुरुवात गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?