मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

राहुल गान्धीले छोडेको वायनाड सिटबाट प्रियंका गान्धी चुनाव लड्ने

काठमाडौँ – भारतीय नेशनल काँग्रेसका नेता राहुल गान्धीले केरलाको वायनाड सिटबाट  राजीनामा दिने भएका छन् । 

हालै सम्पन्न निर्वाचनमा राहुलले  उत्तर प्रदेशको रायबरेली र केरलाको वायनाड गरि दुई ठाउँबाट चुनाव जितेका थिए 

कांग्रेसका अध्यक्ष मल्लिकार्जुन खड्गेले राहुल गान्धीले केरलाको वायनाड सिटबाट राजीनामा दिने जानकारी दिएका हुन् । यस बारेमा निर्णय गर्ने आज अन्तिम दिन हो । अब कांग्रेसले वायनाडको उपचुनावमा प्रियंका गान्धीलाई चुनाव लडाउने भएको छ ।

समाचार एजेन्सी एएनआईलाई अध्यक्ष खड्गेले भने- ‘राहुल गान्धी दुई सिटबाट निर्वाचित भएका छन् । कानुन अनुसार उनले एउटा सिट खाली गर्नुपर्छ र उनी एउटा सिटमा सांसद रहन सक्छन् । हामीले निर्णय गरेका छौँ कि राहुल गान्धी रायबरेली सिटबाट सांसद हुनेछन्, किनभने उनको परिवार पहिलेदेखि नै रायबरेलीसँग नजिक छ ।’

राहुल गान्धीले समाचार एजेन्सी एएनआईलाई रायबरेली र वायनाड दुवैसँग आफ्नो हृदयको सम्बन्ध रहेको बताए । राहुल गान्धीले प्रियंका गान्धी वायनाडबाट चुनाव लड्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?