मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यस्तो छ आश्मान लोप्चनको ‘च्याङ्बा र मैच्याङ’ (भिडियो)

काठमाडौँ– सेलो गायक तथा रचनाकार आश्मान लोप्चनको नयाँ सेलो गीत ‘च्याङ्बा र मैच्याङ’ म्युजिक भिडियोसहित सार्वजनिक भएको छ । हालै सार्वजनिक भएकाे गीतमा माया, प्रेमकै विषय समावेश गरिएकाे छ ।

गायक लोप्चनको रचना रहेको गीतमा उनलाई स्वरमा साथ गायिका सुबानी मोक्तानले दिएकी छिन् । गीतमा सङ्गीत प्रकाश लामाको रहेको छ भने सङ्गीत एरेन्ज विषम आचार्यले गरेका छन् ।

तामाङ समुदाय र परिवेश झल्कने भिडियोको निर्देशनमा युवराज वाइबा, सम्पादनमा विकास धमला छन् भने छायाङ्कन निशाल पौडेलको रहेको छ ।

भिडियोमा गायक लोप्चनसँगै ‘मिस तामाङ–२०२४’की विजेता रिया लामाको अभिनय देख्न सकिन्छ ।
लोप्चनका ‘खान्दोके सेलो : वाला वाला रिबन,’ ‘लेकमा जाँदा,’ ‘खान्दोके सेलो : जाउँ हिँड लण्डन,’ ‘खान्दोके सेलोः बल्ल पो तामाङको हुल उठ्यो’ लगायतका सेलो गीतहरु लोकप्रिय छन् ।

भिडियो :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?