मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बंगलादेशमा एउटै आईएमईआई नम्बरका डेढलाख भन्दा बढी फोन प्रयोगमा !

काठमाडौँ – मोबाइल टेक्नोलोजीको आधारभूत ज्ञान भएका सबैलाई थाहा छ कि प्रत्येक मोबाइल फोनको एक युनिक नम्बर हुन्छ जसलाई आईएमईआई (IMEI) नम्बर भनिन्छ ।

फोन हराए वा चोरी भएमा यो नम्बर खोजिन्छ । त्यसैको सहयोगले कैयौं पटक प्रहरीले चोरलाई पनि समात्छ । यद्यपि प्रत्येक मोबाइल फोनको आईएमईआई नम्बर फरक हुन्छ, तर हामी प्राय: यो विशेष नम्बर क्लोन वा परिवर्तन भएको बारे सुन्छौँ ।

बंगलादेशको मोबाइल फोन अपरेटर रोबीका प्रमुख कर्पोरेट तथा नियामक अधिकारी शाहिद आलमको बयानले सबैलाई चकित बनाएको छ ।

गत बिहीबार राजधानी ढाकास्थित दूरसञ्चार निर्देशनालयमा आयोजित एक सेमिनारमा उनले बंगलादेशमा एउटै आईएमईआई नम्बरका डेढलाख भन्दा बढी फोन प्रयोग भइरहेको बताएर सबैलाई चकित बनाए ।

सेमिनारमा उनले भने, ‘बंगलादेशमा एउटै आईएमईआई नम्बरका डेढ लाखभन्दा बढी मोबाइल फोनहरू प्रयोग भइरहेका छन् । ती सबै फोन नक्कली हुन् ।’ यद्यपि नक्कली मोबाइल फोनको संख्या १.५ लाखभन्दा कम हुनसक्ने बताइएको छ ।

उनले भने, ‘केही वर्षदेखि एउटै अपरेटरको नेटवर्कमा आठ लाख मोबाइल एउटै आईएमईआई कोडमा काम गरिरहेका थिए ।’ तर यो खुलासापछि एउटै आईएमईआई नम्बरका यति धेरै फोन कसरी सँगै काम गरिरहेका छन् भन्ने प्रश्न उठेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?