मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

तौल घटाउन भात नखाँदा शरीरमा कस्तो असर पर्छ ?

कार्बोहाइड्रेट हाम्रो शरीरका लागि अत्यावश्यक छ । चामल, आलु, मकै, केरा आदि कार्बोहाइड्रेटको स्रोत हुन् । जब हामी यी खानेकुरा खान्छौँ, त्यो शरीरमा पुगेपछि ग्लुकोजमा रूपान्तरण हुन्छ ।

ग्लुकोज बोसोको रूपमा संग्रहित हुन्छ । यही बोसो नै ऊर्जाको स्रोत हो । जब हामी शारीरिक वा मानसिक गतिविधि गर्छौँ, बोसो ऊर्जामा रूपान्तरण हुन्छ । यदि हाम्रो शारीरिक गतिविधि भएन भने यो बोसो जमेर बस्छ ।

कालान्तरमा यही नै मोटोपनको समस्या बन्छ । त्यसैले कुनै पनि मानिसको शारीरिक अवस्था र उसले गर्ने कामको आधारमा उनको लागि कति कार्बोहाइड्रेट जरुरी हुन्छ भन्ने निर्धारण गर्न सकिन्छ ।

त्यसैले मोटोपन भएका व्यक्तिहरूले कार्बोहाइड्रेटको सेवन गर्दै नगर्ने होइन यसको सेवन पश्चात् निष्क्रिय भएर बस्दा चैँ माटोपन बढ्ने हो । यसकारण कसरत र शारीरिक सक्रियता कायम राख्न आवश्यक हुन्छ । 

कार्बोहाइड्रेटको सेवन नगर्दा स्वास्थ्यमा कस्तो असर पर्छ ?

कुनै एक व्यक्तिको लागि ५ प्रतिशत कार्बोहाइड्रेट आवश्यक हुन्छ । तर तपाईँले दुई प्रतिशत मात्र कार्बोहाइड्रेट सेवन गर्नुभयो भने त्यो शरीरको लागि कम हुन सक्छ । शरीरमा विभिन्न समस्याहरू देखिन सक्छ ।

पछिल्लो समय मोटोपन घटाउने बहानामा आम मानिसहरू आफ्नो आहारामा कार्बोहाइड्रेट समावेश गदैनन् । तर कार्बोहाइड्रेट समावेश नगर्दा डिमेन्सिया, एन्जाइटी, कमजोरी र डिप्रेसन जस्ता समस्या देखिन सक्छ ।

मानव शरीरमा कति कार्बोहाइड्रेट आवश्यक हुन्छ ?

शरीरको लागि सामान्यतया ५ देखि ६ प्रतिशत कार्बोहाइड्रेट आवश्यक हुन्छ । तर शरीरको आवश्यकता अनुसार विभिन्न व्यक्तिमा कार्बोहाइड्रेटको मात्रा फरक पर्न सक्छ ।

शारीरिक रूपमा गरिने काम जस्तै भारी बोक्ने व्यक्तिलाई ६ प्रतिशत कार्बोहाइड्रेट आवश्यक पर्छ भने शारीरिक काम नगर्ने अर्थात् दिनभर कुर्सीमा बसेर काम गर्ने व्यक्तिलाई ४ प्रतिशत कार्बोहाइड्रेटले नै पुग्छ ।

के चामल, आलु खान छाड्दा मोटोपन वास्तवमै घट्छ ?

हरेक कुराका फाइदा र बेफाइदा हुन्छन् । यस्तै कार्बोहाइड्रेटको पनि  फाइदाका साथै केही बेफाइदा पनि छन्, त्यसैले शारीरिक आवश्यकता अनुसार कार्बोहाइड्रेट लिनु जरुरी हुन्छ ।

कतिपयले मोटाइन्छ भनेर चामल, आलु जस्ता कार्बोहाइड्रेटयुक्त खानेकुरा छाड्ने गर्छन् । कसैले चामल खान छाडेर जौ खान्छन् । तर जौ मा पनि कार्बोहाइड्रेट हुन्छ ।

यसकारण खान छोड्ने भन्दा पनि मात्रा मिलाएर सेवन गर्नु उत्तम हुन्छ । चामल र  आलु खान छाड्दैमा मोटोपना घट्छ भन्ने होइन । कतिपय अवस्थामा मधुमेहको बिरामीले आलु खान छाडेका हुन्छन् ।

तर दूधजन्य पदार्थ प्रशस्त मात्रामा खाइरहेका हुन्छन् ।  त्यसैले चामल तथा आलु खान छाड्दैमा मोटोपना कम हुँदैन । कार्बोहाइड्रेटयुक्त खानेकुरा छाड्दा बरु कमजोरी, एन्जाइटी, डिप्रेसन, मुड स्विङ जस्ता असर देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?