मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

इस्लाम धर्मावलम्बीले आज बकर इद मनाउँदै, देशभर सार्वजनिक बिदा

काठमाडौँ – इस्लाम धर्मावलम्बीले बकर इद (इदु उल अजहा) आज मनाउँदै छन् । बकर इद पर्व रमजान अर्थात् इदुलफित्र पछिको दोस्रो ठूलो चाड हो ।

रमजान पर्वको ७०औँ दिनमा मनाउने यो पर्वमा आर्थिक रूपमा सबल मानिस हज गर्न साउदी अरबको मक्का मदिना जाने गर्छन् ।

यस पर्वमा अल्लालाई खुसी पार्न मुसलमानले धर्मले जायज मानेका जनावरलाई कुर्बानी (बली) दिने गर्दछन् । 

धार्मिक मान्यताअनुसार अल्लाका नवी (दूत) इब्राहिम अलि सलामले ९० वर्षको उमेरमा पत्नी हाजराबाट प्राप्त गरेको सन्तान छोरा इस्माईललाई कुर्बानी गर्नुपर्ने आदेशलाई पालना गर्दा अल्लाह प्रशन्न भएर इस्माईलको कुर्बानी नभएर स्वर्गमा पालिएका दुम्बाको कुर्बानी भएको धार्मिक मान्यतालाई अहिलेसम्म कुर्बानी गर्ने प्रचलनलाई कायम राखेको पाइएको छ ।

निसन्तान इब्राहिमले सन्तान प्राप्तिका लागि अल्लासँग मनन्नत मागेका थिए र भनेका थिए यदि अल्लाहले मलाई सन्तानको सुख दियो भने म कुर्बानी गर्छु । सोहीअनुरुप अल्लाहले निजको परीक्षणस्वरुप सपनामा कुर्बानी गर्नु पर्छ भन्दा उनले धेरै जनावर कुर्बानी त गरे तर अल्लाह खुसी भएको थिएन । 

अन्तिममा उनले आफ्ना सबैभन्दा प्यारा छोरालाई नै कुर्बानी गरी अल्लाहलाई राजी गर्न चाहेका थिए । यस घडीमा उनको परीक्षण सफल साबित भएपछि कुर्बानी गर्ने स्थानमा मानिसको होइन त्यही जन्नतमा पालिएर आएका दुम्बाको कुर्बान (बलि) भएको थियो । 

कुर्बानीको मासु तीन भागमा बाँडी  वितरण गरिन्छ । एक भाग गरिब एवं विपन्न परिवारलाई एक आफ्ना आफ्ना इष्टमित्रलाई र अर्को भाग आफू खानुपर्ने धार्मिक मान्यता छ ।  

सरकारले बकर इदको अवसरमा आज सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै गते मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार इस्लाम धर्माबलम्वीहरुको पर्व बकर ईद (उल–अजाह) दिन आज सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?