मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कपालमा किन लगाउने मेथी र दही ?

काठमाडौँ – हाम्रो घर र भान्सामा पाउने वस्तुहरू धेरै समस्याको उपाय बन्न सक्छन् । ती रोग निको पार्ने देखि लिएर हाम्रो सुन्दरताका लागि समेत महत्त्वपूर्ण रहने गर्छन् ।

मेथी त्यस्तै मध्ये एक  बहुगुणी खाद्यपदार्थ हो । यसलाई खाँदा स्वास्थ्यमा र प्रयोग गर्दा मुहार एवं कपालको सुन्दरता एवं चमक दिन्छ ।

यसलाई कपाल सुन्दर र चम्किलो बनाउनको लागि पनि प्रयोग गर्न सकिन्छ । मेथीले चाया हटाउन पनि मद्दत गर्छ । 

यसमा प्रोटिन र निकोटिनिक एसिडको मात्रा उच्च हुन्छ, जसले हाम्रो शरीरलाई पनि ऊर्जा दिन्छ । यसको पेस्ट बनाएर नरिवल वा जैतुनको तेल मिलाएर कपालमा लगाउँदा कपाल झर्न कम हुन्छ, साथै मुलायम र चम्किलो पनि देखिन्छ । 

मेथीको दानामा कपाललाई मजबुत गर्ने क्षमता हुन्छ । यसमा प्रोटिन र निकोटिनिक एसिडको मात्रा उच्च हुन्छ, जसले हाम्रो शरीरलाई पनि ऊर्जा दिन्छ ।

त्यस्तै चायाको समाधानमा समेत मेथी रामवाण हुनसक्छ । मेथीमा दही मिसाएर पेस्ट बनाउनुस् र यसलाई कपालको जरासम्म पुग्ने गरी लगाउनुभयो भने चाया हटेर जान्छ । 

यसरी लगाएको करिब ३० मिनेटपछि सफासँग पखाल्नुहोस् । साथै छाला र कपाललाई पनि सुन्दर बनाउँछ । कम्तीमा महिनामा तीन पटक यो पद्दति अपनाउनुभयो भने चायाबाट हुने समस्याबाट मुक्ति पाउनुहुन्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?