मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फेसबुक एल्बमका सबै फोटो एकै पटक कसरी हाईड गर्ने ?

हामीमध्ये धेरैको फेसबुकमा जे पनि पोस्ट गर्ने बानी हुन्छ । यसरी पोस्ट गरिएको सामग्री तत्काल राम्रो लागे पनि पछि गएर किन पोस्ट गरेछु भन्ने पनि लाग्छ सक्छ भने त्यही पुरानो सामग्री प्रयोग गरेर अरूले झन्झट पनि दिन सक्छन् ।

यस्तो अवस्थामा हामी त्यस्ता सामग्री हाईड गर्न सक्छौ । फेसबुकले हरेक एल्बम हाईड गर्न सकिने फिचर उपलब्ध गराएको छ ।

फेसबुक एल्बमको प्राइभेसी सेटिङमा गएर तपाईँले एल्बमका सम्पूर्ण फोटो हाईड गर्न सक्नुहुन्छ ।

यदि तपाईँले एल्बममा केही क्याप्सन लेख्नुभएको छ भने फोटोसँगै क्याप्सन पनि हाईड हुन्छ । त्यसैले तपाईँले हाईड गरेका फोटो अन्य व्यक्तिले हेर्न सक्दैन ।

फेसबुक एल्बमका सबै फोटो हाईड गर्न तलको प्रक्रिया अपनाउनुहोस्;

– सबैभन्दा पहिले फेसबुक खोल्नुहोस् ।

– त्यसपछि माथि दायाँपट्टि भएको प्रोफाइल सहितको तीन ओटा लाइनमा गएर प्रोफाइल पिक्चरमा क्लिक गर्नुहोस् ।

– स्क्रोल गर्दै तल गएर ‘फोटोज’को अप्सनमा ट्याप गर्नुहोस् ।

– त्यसपछि दायाँतर्फ भएको एल्बमको अप्सन छान्नुहोस् ।

– आफूले फोटो हाइड गर्न चाहेको एल्बम छान्नुहोस् ।

–सबैभन्दा माथि दायाँपट्टि भएको तीन ओटा लाइनमा ट्याप गर्नुहोस् ।

– ‘एडिट’ अप्सन छान्नुहोस् ।

–त्यसपछि बीचमा ‘पब्लिक’ अप्सन देख्न सक्नुहुन्छ । त्यहाँ ट्याप गरेर ओन्ली मि (Only Me) को अप्सन छान्नुहोस् ।

– त्यसपछि ‘ब्याक’ गर्नुहोस् र माथि रहेको ‘डन’ अप्सनमा ट्याप गर्नुहोस् । यसरी एउटा एल्बमका सबै फोटो हाइड गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?