मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

घरमा दैनिक झगडा पर्छ ? कतै यी वास्तु दाेष त छैन ?

काठमाडौँ– धेरै कारणले गर्दा घर परिवारमा अनावश्यक झैँझगडा हुने गर्छ । यसलाई समाधान गर्न वास्तु शास्त्रले पनि केही उपायहरू बताएको छ ।

वास्तु दोषका कारण धेरैको घर परिवारमा राम्रो वातावरण सिर्जना हुन पाउँदैन । वास्तुमा यस्ता केही उपाय बताइएको छ–

१. ओछ्‌यान धातुको हुनु हुँदैन

वास्तु शास्त्रअनुसार सुत्ने खाट, पलङ वा ओछ्‌यान धातुको हुनु हुँदैन भनिएको छ । काठको खाट सबैभन्दा शुभ मानिन्छ । श्रीमानश्रीमती सुत्ने बेडमा एकै डसना हुनु पर्दछ । दुई डसना जोडेर बनाएको ओच्छ्यानमा सुते पति पत्नीबीच सम्बन्ध बिग्रने वास्तुको मान्यता छ ।

२. डाइनिङ रुम सही दिशामा राख्ने
डाइनिङ रुम सदैव पूर्व दिशा वा उत्तरमा हुनु पर्दछ । यदि यस्तो सम्भव नभए दक्षिण–पूर्व दिशामा पनि डाइनिङ टेबल राख्न सकिन्छ । यसले परिवारमा प्रेम बढाउने वास्तुको मान्यता छ ।

३. पर्खाल चर्किएको हुनु हुँदैन

घरका पर्खाल चर्कँदा घरमा अशान्ति र अशुभ हुने वास्तुको मान्यता छ । त्यसैले चर्किएका पर्खालको मर्मत गरिनु पर्छ।

४. उत्तर दिशामा तुलसीको बोट रोप्ने

घरमा अक्सर घर झगडा भए घरको उत्तर दिशामा तुलसीको बोट रोप्नु पर्दछ । साँझमा तुलसीको मठमा दियो बाल्दा घर झगडा, विवाद र परिवार बीचको आपसी मनमुटाव हटेर जाने मान्यता छ ।

५. सूर्यको प्रकाश छिर्ने कोठा बनाउने

वास्तुशास्त्र अनुसार घर बनाउँदा वा किन्दा विशेष गरी सबै कोठामा सूर्यको प्रकाश आउने बनाउनु वा किन्नु पर्दछ । यसले घरमा नकारात्मकता रहँदैन र परिवारका सदस्यबीच प्रेम र स्नेह बढ्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?