जुठो खायो भने प्रेम बढ्छ भन्ने कुरा त तपाई हामीले सुनिरहेकै कुरा हो । तर अरूको जुठो खाएकै कारण के–कस्ता रोगहरू लाग्न सक्छ भन्ने कुराको विषयमा हामी अनविज्ञ छौ ।
जुठो खाँदा पेटसँग जोडिएका समस्या हुन सक्छन् । कयौं पटक जुठो खाँदा एसिडिटी र ग्यासजस्ता समस्या पनि हुन सक्छन् ।
जुठो खाँदा सङ्क्रामक रोग फैलने खतरा पनि हुन्छ । यस्तो स्थिति त्यतिबेला हुन्छ, जब तपाईँ कसैको जुठो खानुहुन्छ ।
यसले कुनै प्रकारको ब्याक्टेरियल तथा भाइरल सङ्क्रमण हुने गर्छ । जुठो खाँदा मानिसलाई एलर्जीको समस्या हुन सक्छ । कोही व्यक्तिको जुठो खाँदा उसको र्याल खानेकुरामा मिसिन्छ । जसले जुठो खाने व्यक्तिलाई एलर्जी हुने खतरा हुन्छ ।
त्यस्तै, जुठो खाँदा तपाईंको मुखबाट खराब गन्ध आउने समस्या पनि हुन सक्छ । यदि यस्तो समस्या पहिले नै भएको व्यक्तिको जुठो खानुहुन्छ भने तपाईँमा पनि त्यस्तो समस्या अवश्य हुनेछ ।
जुठो खाँदा दाँत तथा गिँजासम्बन्धी समस्या पनि हुने गर्छ । यसले क्याबिटिजको समस्या तथा गिजाबाट रगत आउने समस्या पनि सर्ने सम्भावना अत्यधिक हुन्छ ।
विभिन्न समस्याबाट बच्न तपाईँले अरूको जुठो खानुहुँदैन, साथमा जुठो भाँडा पनि प्रयोग गर्नु हुँदैन । जुठो खानु भनेको रोगलाई बढवा दिनु मात्रै हो । यसकारण आजैबाट अरूको जुठो खाने बानी तत्काल हटाउनुहोस् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया