मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सिंहदरवारभित्रका क्यान्टिनबाट महानगरले गर्‍यो ४ जना बालबालिकाको उद्धार

काठमाडौँ – आज विश्व बाल श्रम विरुद्धको दिवस । उमेर नपुगेका बालबालिकालाई विभिन्न घरेलु काममा लगाउनु, विभिन्न होटल, रेस्टुराँहरुमा काममा लगाउनु गैरकानुनी हो ।

यही सन्दर्भमा कानुनको पालन हुने, र कानुन बनाउनेहरु बस्ने संघीय सरकारको केन्द्र सिंहदरबारबाट काठमाडौं महानगरपालिकाको बाल उद्धार टोलीले बाल श्रम शोषणमा परेका २ जना बालबालिकाको उद्धार गरेको छ ।

सिंहदरबारमा रहेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको क्यान्टिनबाट उनीहरुको उद्धार गरिएको हो । बालबालिकालाई भाँडा माग्ने,टेबुल सफा गर्न लगाउने लगायत विभिन्न काममा प्रयाग गरिएको पाइएको महानगरले जनाएको छ।

यसरी उद्धार गरिएका १८ बर्षमुनिका २ जना बालक र २ जना बालिका रहेका छन् । महानगरपालिकाले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँगको समन्वय खोजतलास सेवा १०४, नेपाल प्रहरी, महानगर प्रहरी, वडा कार्यालयका प्रतिनिधि, राष्ट्रिय बाल कल्याण परिषदका प्रतिनिधिसहित सरोकारवालासहितको टोली बनाएर जोखिममा रहेका, शोषण तथा दुव्र्यवहार भोगिरहेका बालबालिकालाई उद्धार गर्ने गरेको छ । यसअघि १९ जना बालिका र १८ जना बालक गरी ३७ जना बालबालिकाको उद्धार गरेर अस्थायी संरक्षण गृहमा संरक्षित गरिएको छ ।

उद्धारपछि बालबालिकाका अभिभावकको खोजी गरिन्छ । परिवारलाई जीविकोपार्जनका लागि सहयोगसहित पुनस्र्थापना गराउन सकिने अवस्था छ कि छैन लेखाजोखा गरिन्छ । परिवार पत्ता नलागेमा, परिवारमा फर्काउँदा बालबालिकाको सर्वोत्तम हित हुने नदेखिएमा त्यस्ता बालबालिकालाई उपयुक्त संस्थामा राखी १८ वर्ष नभएसम्मको सम्पूर्ण जिम्मेवारी सरकारले लिने व्यवस्था छ ।

हिंसा पीडित, जोखिममा परेका बालबालिका र विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको हकहित र अधिकारको सम्मान, संरक्षण, प्रवर्धन, बाल शोषण जस्ता आपराधिक कार्य गर्ने अपराधीलाई न्यायिक प्रक्रियाबाट उचित दण्ड जरिवाना, शोषणमा परेका बालबालिकालाई न्याय तथा क्षतिपूर्तिको व्यवस्था गर्ने कार्यहरू संरक्षण बाल संरक्षणका दायित्व हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?