मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

भक्तपुरका युवा पुस्तामा बाँसुरी बाजाप्रतिको क्रेज बढ्दो

भक्तपुर – आधुनिकताले चुर्लुम्म खोस्टो ओडेको छ यतिबेला नेपाली सहरहरू । 

र त पुराना लाग्ने परम्परागत बाँसुरीमा मान्छेको रुचि घटेको छ । तर राजधानी काठमाडौंसँंगै जोडिएको भक्तपुरमा भने यस्तो छैन । बुढाबुढीदेखि बालबालिकासम्म पनि परम्परागत बाजागाजामा रमाइरहेका छन् । 

निओे फ्युजन बाजा समूह इनाचो भक्तपुर र नवदुर्गा बाजा समूह भक्तपुरको संयुक्त आयोजनामा भएको चार महिने बाँसुरी बाजा प्रशिक्षण सकाएर सार्वजनिक भएकी एकजना बाँंसुरीबाजा प्रशिक्षार्थी सुबिना बनमालाले भनिन्, युवापुस्ता हुन् वा केटाकेटी नै, परम्परागत बाँसुरी भन्दा आधुनिक बाजाप्रति बढी झुकाव देखिन्छ, तर हामीकहाँ भने त्यस्तो देखिँदैन ।

 इन्टरनेटका माध्यमबाट सहजै चाहेजस्तो गेम खेल्न र साङ्गीतिक मनोरञ्जन पाउन थालेपछि ती परम्परागत बाजाको महत्त्व घट्दै गएको उनको बुझाई छ । तर, केही मान्छेमा भने पुराना बाजाप्रतिको रुचि उत्तिकै छ आज पनि, उनी बुझ्छन् ।

बाँसबाट बनेका परम्परागत बाजा बाँसुरी जसलाई मुरलीसमेत भनिन्छ । कलियुगमा भगवान श्री कृष्णलाई मुरली बाजाका पितासमेत भनिन्थ्यो । बाँसुरी मुरली बाजाको प्रचलन भारतबाट सुरु भएता पनि पश्चिमा देशहरूमा गएर यसको विकास भएको पाइन्छ । पश्चिमा देशहरूबाट विकास हुँदै गएको बाँसुरी विभिन्न खाले बाजामा परिणत भएको छ । यसमा रुचि राख्नेले यसलाई आफ्नै ढङ्गले संरक्षण पनि गरेका छन् । 

बाँसुरी प्रशिक्षक यजु आचार्यले भक्तपुरमा अहिले पनि धेरैको लागि बाँसुरी लोकप्रिय रहेको बताए । यही बाँसुरी कसैका लागि बजाएर धुन निकाल्ने सोखको विषय बनेको छ, उनले भने, कसैको भने बाँच्ने आधार पनि । 

बाजा प्रशिक्षण कार्यक्रमका संयोजक उमेश कर्माचार्यले अहिले पनि भक्तपुरमा पुराना बाजाप्रतिको आकर्षण रहेकोले पुराना बाजाहरूको प्रशिक्षण पनि उतिकै मात्रामा चल्ने गरेको सुनाए ।

बाँसुरी मात्रै नभई विभिन्न परम्परागत बाजाहरू धिमे, धाँं बाजालगायतका सिक्ने सिकाउने परम्परा निरन्तर रूपमा चलिरहेको उनले बताए । नियमित रूपमा विभिन्न परम्परागत बाजाहरूको प्रशिक्षण नियो फ्युज कम्प्युटर प्रशिक्षण केन्द्र इनाचो भक्तपुरका निर्देशक वालकृष्ण बनमालाले बताए ।

बाँसुरीका प्वालमा हातका औँला डुलाउँदै बाँसुरीको धुन निकाल्छन् । यस्ता बाँसुरी बजारमा दुई सय रुपैयाँदेखि ३ हजार रुपैयाँसम्म पर्ने बताइन्छ । एकजना बाँसुरी व्यापारी नन्दा झाले बाँसुरीको व्यापार पहिलाको जस्तो नरहेको बताए । १० वर्ष अघिको तुलनामा अहिले बाँसुरीको व्यापार निकै घटेको उनको अनुभव छ ।

‘बाँसुरी व्यापार मौसमअनुसार हुन्छ, उनले भने, बाँसुरी विदेशी पर्यटकले किन्ने भएकाले विदेशी पर्यटक बढ्यो भने हाम्रो व्यापार पनि बढ्छ ।

आधुनिक बाजाको प्रयोग बढेसँगै प्राचीन बाजाहरू लोप हुँदै गएका छन् । बजारमा फ्लुट भनेर बाँसुरी भिन्दाभिन्दै शैलीमा रूपान्तरण भएर भित्रिएको छ । भनिन्छ सङ्गीतको बजारमा भित्रिएका बाजाले बाँसुरीप्रेमीलाई भने खासै असर गरेको छैन । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?