काठमाडौँ – पछिल्लो समय गुमनामकै अवस्थामा रहेका बलिउड अभिनेता गोविन्दाले ओटिटी एप सन्चालनमा ल्याएका छन् ।
‘फिल्मी लट्टु; नामक यस ओटिटी प्लेटफर्मबाट दर्शकको विविध मनोरञ्जन आवश्यकतालाई पुरा गर्ने बताइएको छ। यसमा फिल्मदेखि लिएर वेब सिरिज, अन्तर्वार्ता, पर्दा पछाडिको फुटेजसम्म अपलोड गरिने छ।
एपलाई गुगल प्ले र एपल स्टोरबाट डाउनलोड गर्न सकिन्छ। दर्शकले मासिक रूपमा १४९ भारू तिरेर एपको आनन्द लिन सक्नेछन्।
गोविन्दा लामो समयदेखि फिल्मबाट टाढिएका छन्। पछिल्लो समय उनी केही रियालिटी शोको जजको रूपमा देखिएका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया