मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आफूलाई थप्पड हान्ने महिलाको पक्षधरसंग भड्किइन कंगना रनौत

काठमाडौँ – भर्खरै भारतीय लोकसभामा निर्वाचित बलिउड अभिनेत्री कंगना रनौत अहिले थप्पड काण्डले चर्चामा छिन् ।

यो विषयमा क्रिया प्रतिक्रिया बढ्दो छ भने थप्पड हान्ने सीआईएसएफ कन्स्टेवल महिलाको पक्षमा बोल्नेहरु पनि बढ्दै छन् । जसले कंगनामाथि ट्रोल गर्दा उनले यसको जवाफ दिएकी हुन् । 

उनले आफ्नो एक्स एकाउन्टमा लेखेकी छिन् ‘हर बलात्कारी,हत्यारा र चोरका सामु अपराध गर्नुको भावनात्मक,शारीरिक,मानसिक र आर्थिक कारण हुन्छ । कुनै अपराध विना कारण हुँदैन । तर पनि उनीहरूलाई दोषी ठहर गरिन्छ र जेल सजाय पनि सुनाइन्छ ।’

उनले अघि लेखेकी छिन,‘ यदि तपाई यस्ता अपराधीको भावनासँग जोडिनुभएको छ,कसैको अनुमति विना उसको शरीर छुनु,शोषण गर्नुलाई सही मानिरहनुभएको छ भने तपाई बलात्कारी र हत्यारालाई पनि सही मान्नु हुन्छ । तपाईँले आफ्नो आपराधीक मनोविज्ञानमा ध्यान दिन जरुरी छ ।’

उनले यस्ता मानिसहरूलाई योग र ध्यान गर्न सल्लाह समेत दिएकी छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?