मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सार्वजनिक शौचालय प्रयोग गर्दा ध्यान दिनुहोस् यी कुरा

सार्वजनिक शौचालयको प्रयोग गर्नु कहिलेकाहीँ महिलाहरूका लागि असुविधा र सङ्क्रमणको कारण पनि बन्न सक्छ । महिलाले सार्वजनिक शौचालयको प्रयोग गर्दा केही गल्ती गर्दा पिसाबको सङ्क्रमण अर्थात् यूरिनरी ट्याक्ट इन्फेक्शन (यूटीआई), यीस्ट इन्फेक्शन अथवा अन्य स्वास्थ्य समस्याको सामना गर्नु पर्ने हुन्छ ।

कमोड सिट : सहरी भेगका कतिपय शाैचालयमा कमाेड सिटकाे प्रयोग गरिएको हुन्छ त्यसमा जाने बित्तिकै बसिहाल्ने धेरैको बानी हुन्छ त्यस्तो कहिल्यै गर्नु हुँदैन । सार्वजनिक शौचालयमा भएको कमोड सिटमा ब्याक्टेरिया र भाइरस हुनसक्छ । त्यसैले कमोड सिटमा बस्नु अगाडि त्यसलाई ट्वाइलेट पेपर अथवा ह्यान्ड सेनिटाइजरले सफा गर्नु आवश्यक हुन्छ ।

राम्रोसँग हात नधुने बानी : ट्वाइलेटको प्रयोग गरेपछि साबुन–पानीले कम्तीमा २० सेकेन्डसम्म मिचिमिची हात धुनु पर्छ । यदि साबुन छैन भने ह्यान्ड सेनिटाइजरको प्रयोग गर्नु पर्छ ।

ट्वाइलेट पेपरको प्रयोग : ट्वाइलेट पेपरको प्रयोग गरेर मात्र ट्वाइलेट सिट तल झार्नु पर्छ । फ्लस गर्दा पनि ट्वाइलेट पेपरको प्रयोग गर्नु उत्तम हुन्छ । साथै आफूले लगाएको कपडाले कमोड सिट छोइहाल्यो भने पनि त्यसलाई धुनु पर्छ ।

सार्वजनिक शौचालयमा लामा समय नबिताउने : सार्वजनिक शौचालयमा लामो समयसम्म बस्नाले सङ्क्रमणको खतरा पनि बढ्छ । त्यसैले जति सक्दो चाँडो ट्वाइलेट प्रयोग गरेर बाहिर निस्कनु पर्छ ।

शौचालयमा खालि खुट्टा नजाने : सार्वजनिक शौचालयमा खालि खुट्टा हिँड्दा खुट्टामा सङ्क्रमण हुन्छ । त्यसैले सार्वजनिक शौचालयमा चप्पल अथवा जुत्ता लगाएर नै जानु पर्छ ।

सार्वजनिक शौचालयमा निजी सामान नराख्ने: सार्वजनिक शौचालयमा आफ्नो निजी सामान राख्नाले चोरी हुने खतरा हुन्छ । त्यसैले आफ्नो निजी सामान आफूसँगै राख्नु पर्छ ।

साथै, सार्वजनिक शौचालयमा खाने बानी त्याग्ने, सार्वजनिक शौचालयमा मेकअप नगर्ने र शौचालयमा कपाल कोर्ने बानी त्याग्नु पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?