काठमाडौँ – घट्दो जन्मदरको विकल्प खोज्न लागि परेको जापान सरकारले नयाँ उपायको तयारी गरेको छ ।
त्यसका लागि जापानले आफ्नै डेटिङ एप सार्वजनिक गर्न लागेको हो । यो विशेषतः एकल नागरिकलाई लक्षित हुने बताइएको छ ।
२०२४ को अन्तिमतिर सार्वजनिक गरिने अपेक्षा गरिएको यो एपका लागि टोकियो महानगर सरकारले विभिन्न तयारी गरिरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
देशमा बिहे नगर्ने तथा एकल बस्ने प्रवृत्ति मौलाउँदै गएकाले पछिल्लो समय विवाह र जन्मदर घटेपछि सरकार उपाय खोज्न बाध्य बनेको हो ।
यो परियोजना अन्तर्गत ‘टोकियो फुटारी स्ट्रोरी’ नामको कार्यक्रम सञ्चालन भइरहेको छ । विशेष गरी आर्टिफिसियल इन्टेलिजेन्सको सहायताले मानिसहरूलाई जोडी बनाउन यो प्रोग्रामले सघाउने बताइएको छ ।
जापानको प्रजनन दर अहिले (एक महिलाले आफ्नो जीवनभर दिने कूल जन्म) १.२६ बाट घटेर १.२० पुगेको छ । जबकि जनसङ्ख्या स्थिर हुनका लागि भने प्रजनन दर २.१ वा सोभन्दा माथि हुनुपर्ने हुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया