काठमाडौँ – अहिले मानिसहरू खुसी भन्दा पनि दुखी धेरै देखिने क्रम अत्यधिक छ ।
पछिल्लो समय मानिसहरू सामाजिक सञ्जालका साथै अनावश्यक कुरामा समय बिताउँदा खुसी हुन छाडेर दुखी हुने गरेका छन् । तर रिस र तनाव कुनै पनि व्यक्तिको जीवनको लागि हानिकारक छ ।
व्यक्तिको मुड खराब हुँदा न त उसले केही काममा मन लगाउँछ न त उसमा जाँगर नै हुन्छ । यसले उनीहरू परिवार, र साथीहरूबाट टाढा हुन थाल्नेछन् भने एक्लै बस्न रुचाउँछन् । उसलाई न कसैसँग कुरा गर्न मन लाग्छ न समय बिताउन । यस्तोमा हामी तपाईँहरूको लागि खुसी हुने केही उपायहरू दिने छौ ।
ध्यान: दैनिक १ घन्टासम्म नियमित ध्यान गर्ने मानिस चिन्ता र निराशाबाट मुक्त हुने जोन्स हप्किन्सको अनुसन्धानमा उल्लेख छ।
नियमित काम: २० वर्षदेखि ४० वर्षको उमेरमा सातामा तीन पटकसम्म पसिना आउने गरी काम गरेमा पनि १६ प्रतिशत डिप्रेसन घट्ने गत वर्ष जेएएमए साइक्याट्रियाले खुलासा गरेको अध्ययनमा उल्लेख छ।
फूलको सुगन्ध: दैनिक फूलको सुगन्ध लिँदा तपाईँमा सकरात्मक सोच र ऊर्जा तरंगित हुने गर्छ। एक सातासम्म गुलावको ताजा फुल टिप्ने गाँउलेहरु निकै ऊर्जाशिल र चिन्तामुक्त भएको हावर्डको एक रिसर्चले देखाएको छ।
सामाजिक सञ्जालबाट मुक्त: फेसबुकमा रहने मानिस पनि डिप्रेसनको रोगी हुने भएको, खुसी र सन्तुष्टिमा कटौती भएकोले यसबाट बहिर्गमन भएमा निराशबाट मुक्ति पाउन सकिने युनिर्भसिटी अफ मिचिगनले देखाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया