मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फिल्म रेड २ मा रितेश भिलेनको रुपमा देखिँदै

काठमाडौं । रितेश देशमुख एकपटक फेरि भिलेनको रुपमा देखिँदैछन् । अजय देवगणको फिल्म रेड २ मा रितेशले खलपात्रको भूमिका निर्वाह गर्न लागेका हुन् ।

अजय र रितेश आमने सामने भएर भिड्न लागेको यो पहिलोपटक हो । अजयले फिल्ममा रितेशलाई स्वागत गर्दै सामाजिक सञ्जालमा एउटा पोष्ट पनि गरेका थिए । हालै फिल्मको सेटमा रितेशलाई स्वागत गर्दै अजयले आफ्नो इन्टाग्राम ह्यान्डलमा एउटा फोटो शेयर गरेका थिए ।

‘सम्बन्धले भाइ, रोजाईले प्रतिद्वन्द्वी, स्वागत छ,’ फोटो शेयर गर्दै क्याप्सनमा उनले लेखेका छन् । फिल्मको शुटिङ गएको हप्ता मात्रै मुम्बईमा शुरु भएको थियो । फिल्मको बाँकी शुटिङ दिल्ली, उत्तर प्रदेश र राजस्थानमा हुनेछ ।

गएको हप्तामात्रै फिल्म निर्माताहरुले फिल्मको पोष्टर जारी गरेका थिए । पोष्टरमा छालाको कालो जुत्ता लगाएको एक व्यक्तिको खुट्टा देखाइएको छ । खुट्टाको तल ‘अमय पटनायक फर्किएको छ’ भनेर लेखिएको छ ।

फिल्मको रिलिज सन् २०२४ को नोभेम्बर १५ मा हुने खुलासा गरिएको छ । पोष्टर शेयर गर्दै क्याप्सनमा ‘प्रतिक्षा सकियो १ अजय देवगन ३ रेड २ मा आईआरएस अधिकारी अमय पाठकको रुपमा फर्किएका छन्, नोभेम्बर २०२४ मा ठूलो पर्दामा अर्को एउटा सत्य घटना ल्याउन तयार छन्’ आदि लेखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?