मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

गीतकार टेक तामाङको शब्दमा गीत ‘आफ्नै धड्कन’ सार्वजनिक (भिडियो)

काठमाडौँ– वरिष्ठ गीतकार तथा नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको शब्दमा गीत ‘आफ्नै धड्कन’ म्युजिक भिडियोसहित सार्वजनिक भएको छ ।

शनिवार राजधानीमा पत्रकार सम्मलेन गरी सार्वजनिक गरिएको गीतमा स्वरुपराज आचार्यको स्वर तथा पावल चाम्लिङ राईको सङ्गीत रहेको छ । सङ्गीत संयोजन भने चाँद सिंहले गरेका छन् ।

म्युजिक भिडियोको निर्देशन भने रिकेश खड्काले गरेका हुन् । भिडियोको सम्पादनमा विकास धमला र छायाङ्कन उत्तम हुमागाईंले गरेका छन् । भिडियोमा केकी अधिकारी, आश्मान तामाङ र सनम कठायतको अभिनय देख्न सकिन्छ ।

गीतकार तामाङका ‘जीवनसाथी’, ‘आमा’ एल्बमहरु लगायत ‘मिठामिठा बोली बोल्दै’, ‘तिमी सागर’, ‘स्वर्ग सुख’ लगायत दर्जनाैं गीतहरु सार्वजनिक भएका छन् ।

उनका गीतहरुमा रामकृष्ण ढकालदेखि, राजेशपायल राई, शिव परियार, अन्जु पन्त, मेलिना राई लगायतका सङ्गीत सर्जकहरुले स्वर दिएका छन् । उनी नेपाल प्रहरीको सेवासँगै विगत तीन दशकभन्दा लामो समयदेखि साहित्य तथा गीत सिर्जनामा सक्रिय छन् ।

भिडियो :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?