मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

वातावरण दिवसको अवसरमा भक्तपुरमा बृक्षारोपण

भक्तपुर – विश्व वातावरण दिवसको अवसरमा बुधबार भक्तपुरका विभिन्न ठाउँंहरुमा विभिन्न संघसंस्थाहरुले बृक्षारोपण गरेका छन् । वातावरण दिवसको अवसरमा राष्टको लागि दुईघण्टा अभियान भक्तपुर शाखाले जनचेतनामूलक रयाली निकालेको छ ।

अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको लोकन्थलीदेखि सुरु भएको रयाली गठाघर, थिमि, सल्लाघारी, चुनदेवी चोकमा पुगेर समापन भएको थियो । साथै दिवसको अवसरमा भक्तपुरको चाँंगुनारायण नगरपालिकाले एकदिने हरित प्रदर्शनी गरेको छ ।

नगरपालिका भबन खरिपाटीमा विहान १० बजेदेखि सुरु भएको प्रदर्शनी साँंझ चार बजेसम्म हुने जनाइएको छ । साथै नेपाल इको प्यानलले पनि दिवसकै अवसरमा जिल्लाको चाँंगुनारायण नगरपालिका वडा नं ३ झौखेलस्थित कारखाना र भक्तपुर नगरपालिका वडा नं १ सल्लाघारीस्थित कर्पोरेट कार्यालय बृक्षारोपण गरेको छ ।

उता ख्वप कलेज भक्तपुरले पनि दिवसकै अवसरमा भक्तपुर नगरपालिका वडा नं ६ देकोचास्थित कलेज परिसरमा बृक्षारोपण तथा सरसफाई कार्यक्रम गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?