मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

गुगल म्याप्समा थपिए यी पाँच एआई फिचर 

काठमाडौँ– कुनै ठाउँमा जान होस् या नयाँ ठाउँको बारेमा जानकारी लिनका लागी होस् सबै मानिसले गुगल म्याप्सको प्रयोग गर्ने गर्दछन् ।

गुगल स्वामित्वको नेभिगेसन एप गुगल म्याप्समा पनि एआई फिचर सहित हालै मात्र केही सुविधाहरू थप गरिएका छन् । जसका बारेमा आज हामी तपाइलाई जानकारी दिँदै छौँ । 

गुगल म्याप्समा थपिएका यी पाँच एआई सुविधा 

कन्भर्जेशनल म्याप सर्च

गुगल म्याप्समा थपिएको यो एआई सुविधाको मद्दतले, तपाईँ सीधै गुगल म्याप्ससँग च्याट गरी कुनै पनि जानकारी प्राप्त गर्न सक्नुहुन्छ । 

लाइभ भ्यू अन म्याप्स

म्याप्समा लाइभ दृश्य देख्न सकिने यो फिचरको सहायताले तपाई सजिलैसँग एटीएम, रेस्टुरेन्ट, पार्क, ट्रान्जिट स्टेशन खोल्ने र बन्द गर्ने समय वा तपाईको नजिकका अन्य कुनै पनि जानकारी प्राप्त गर्न सक्नुहुन्छ । 

नयाँ इमर्सिभ भ्यू 

गुगल म्याप्समा थपिएको यो एआई सुविधाको मद्दतले तपाईँ आफूले जान लागेको ठाउँको मौसम पूर्वानुमान, भिडभाडको समय, फोटोरियलिस्टिक दृश्यहरू र धेरै महत्त्वपूर्ण कुराहरू बारे जानकारी लिन सक्नुहुन्छ । 

न्यू मल्टि सर्च

यो फिचरको प्रयोग गरी तपाईंले नयाँ तरिकामा आफूले चाहेको कुरा फेला पार्न सक्नुहुन्छ । 

एआई सुझाव पाउन सकिने 

यो सुविधाको कारण तपाईँले गुगल म्याप्समा एआई सञ्चालित सुझावहरू हेर्न पाउनुहुन्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?