मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आज नेप्सेमा सामान्य बृद्धि

काठमाडौँ – आज सेयर बजार सामान्य अंकले बढेको छ । नेप्से परिसूचक ६.२२ अंकले बढेर २०८५.३० विन्दुमा रोकिएको छ । आज सेन्सेटिभ इण्डेक्स ०.५२ प्रतिशतले बढेर ३७२।०२ विन्दुमा कायम भएको छ ।

आज ३१५ कम्पनिको ८३ लाख ५ हजार ७८६ कित्ता सेयर ४ अर्ब ८ करोड ४७ लाख १५ हजार ८७७ रुपैयाँमा खरिदबिक्री भएका छन् ।

आज ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतले बढेको छ भने कारोबार रकमका आधारमा सीएचडीएच हाइड्रोपावर डेभलपमेन्ट शीर्षस्थानमा रहेको छ ।

आज सबैभन्दा बढीबुद्ध भुमि नेपाल हाइड्रोको ५.५१ प्रतिशत मुल्य घटेको छ भने इस्टर्न हाइड्रोको ४.६८ प्रतिशतले घटेको छ ।त्यस्तै आज १० वटा उपसमूहको सूचक बढ्दा ३ वटा समूहको उपसूचक भने नकारात्मक देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?