काठमाडौँ – मदिरा सेवनले स्वास्थ्यमा असर पार्छ भन्ने जान्दाजान्दै पनि कतिपय मानिस यसको लतबाट टाढा रहन सक्दैनन् । बाहिरी माहौल, साथीसंगतका कारण मदिरा पिउनेहरू पनि धेरै हुन्छन् ।
अधिक रक्सी पिएपछि प्रायः मानिसहरू ह्याङओभर भएको बताउँछन्। जसका कारण उठेर हिँड्न खोज्दा पनि ठोक्किँदै हिँड्नुपर्ने, बोली लरबरिने तथा अस्पष्ट देखिने हुन्छ । तर कुन उपायले तपाईँलाई ताजा बनाउला ? त्यस्तो कुनै उपाय छ कि छैन ?
किन हुन्छ ह्याङओभर ?
रक्सी इथानोलबाट बन्छ। यसलाई हाम्रो शरीरमा भएको इन्जाइमले विग्रह गरेर अन्य विभिन्न रसायनमा परिणत गरिदिन्छ।
यीमध्यै सबैभन्दा महत्त्वपूर्ण एसिटेल्डिहाइड हो। यसलाई थप टुक्रा गरेर इन्जाइमले अर्को रसायन एसिटेटमा परिणत गरिदिन्छ। यही एसिटेट रसायन फ्याटीएसिड र पानीमा परिणत हुन्छ। केही वैज्ञानिकहरू यसैलाई ह्याङओभरको कारण मान्छन् । तर केही अध्ययनहरूले यो रसायनको ह्याङओभरसँग प्रस्ट सम्बन्ध नहुने देखाएको छ।
केही जानकारहरू भने रक्सीमा मिसाइने अरू नै रसायनका कारण ह्याङओभर हुने बताउँछन्। तिनलाई कन्जेनर्स भनिन्छ।
कसरी गर्ने त ह्याङओभर कम ?
– मदिरा पिउँदापिउँदै ह्याङओभर सुरु भयो भने तुरुन्तै थप मदिरा पिउन बन्द गर्नुहोस् र तत्काल कागती चिया पिउनुहोस् ।
– कागती चिया, कालो चिया, कागती पानी वा कागतीलाई सिधै खाएमा ह्याङओभर कम हुन जान्छ ।
– यदि ह्याङओभरका कारण तपाईँ लड्नुभएको छ भने कसैको सहायता वा आफैँ चिसो हावा आउने ठाउँमा जाने प्रयास गर्नुहोस्, त्यसपछि लगातार नुन पानी पिउनुहोस् ।
– यदि बान्ता आउन खोजेको छ भने त्यसलाई रोक्नु हुँदैन । किनकि शरीर मदिराबाहिर निकाल्न चाहन्छ । यसलाई रोकेमा उल्टो हानि हुने गर्दछ ।
– ह्याङओभर उतार्ने सबैभन्दा सरल उपाय भनेको प्रशस्त निदाउनु हो, यसले तपाईँको शरीरलाई आराम दिई शरीरमा भएको नशा बिस्तारै घट्दै जान्छ ।
– टमाटरको रस, सुन्तलाको जुस, अदुवा हालेको कालो चिया तथा धनियाँ र सख्खरको मिश्रण खाएमा पनि मदिराको ह्याङओभर कम हुने गर्दछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया