मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यसरी रिकभर गर्न सकिन्छ लक भएको फेसबुक अकाउन्ट 

काठमाडौँ– कहिलेकाहीँ नीति विपरीत कुनै काम गर्नुभयो भने फेसबुकले तपाईँको अकाउन्ट प्रतिबन्ध गरिदिन सक्छ ।

तपाईँले कुनै त्यस्ता पोस्ट, कमेन्ट गर्नुभयो जसले अश्लीलता, हिंसात्मक गतिविधि, स्पाम फैलाउने, अनाधिकारिक बिक्री, गलत सूचना प्रवाह र दुर्व्यवहार दर्साएका हुन्छन्, त्यस्ता पोस्ट वा कमेन्ट पाउनसाथ फेसबुकले तपाईँको अकाउन्टमा बिना कुनै जानकारी प्रतिबन्ध लगाइदिन सक्छ ।

यस्तो अकाउन्ट लक भइसकेपछि त्यसलाई खोल्ने विभिन्न प्रक्रिया हुन्छन् । जसका बारेमा हामी तपाइलाई जानकारी दिँदै छौ ।  

यसरी खोल्न सकिन्छ लक भइसकेको फेसबुक अकाउन्ट 

– सबैभन्दा पहिले फेसबुक एप खोल्ने ।

– त्यहाँ आफ्नो आइडी लगइन गरी कुनै पनि पोस्टमा लाइक गर्ने । यति लाइक गरिसकेपछि तपाईँको अकाउन्ट रेस्ट्रिक्ट भएको छ भन्ने नोटिस आउँछ ।

– त्यसको स्क्रिनशट लिनुहोस् । त्यसपछि फेसबुकको होम पेजमा आउनुहोस् ।

– माथि दायाँपट्टि भएको तीन वटा बारमा ट्याप गर्ने ।

– त्यसपछि ‘हेल्प एन्ड सपोर्ट’ अप्सनमा ट्याप गर्ने ।

– त्यसपछि ‘रिपोर्ट प्रब्लम’ अप्सनमा ट्याप गर्ने ।

– त्यसपछि ‘कन्टिन्यु टु रिपोर्ट प्रब्लम’ मा ट्याप गर्ने ।

– त्यसपछि ‘इन्कुलुड ईन रिपोर्ट’ अप्सनमा ट्याप गर्ने । 

– त्यसपछि डस्क्राइब द इस्यु लेखिएको बक्समा तपाईँले प्रतिबन्ध लगाएको कुरा उल्लेख गर्ने । 

– त्यसपछि दायाँपट्टि माथि ‘सेन्ड’को आइकन मा क्लिक गर्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?