मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

स्क्रिन नै नभएको ल्यापटप सार्वजनिक

काठमाडौँ– इजरायली स्टार्टअप कम्पनीले स्क्रिन नै नभएको ल्यापटप सार्वजनिक गरेको छ । 

एप्पलले स्पेसल कम्प्युटरको विशेषतायुक्त भिजन प्रोको विकल्पका रुपमा स्पेसटप जी–वान ल्यापटप ल्याएको हो । 

यो अग्मेन्टेड रियालिटीयुक्त ल्यापटप भएको दाबी एप्पलले गरेको छ । अगमेन्टेड रियालिटी चस्मासँग कनेक्ट हुने भएकाले यसमा डिस्प्ले नराखिएको बताइएको छ । 

उक्त चस्मामा नै कम्प्युटरको सबै स्क्रिन आँखै अगाडि देखिन्छ । उक्त चस्मा लगभग भिजन प्रो जस्तै छ । यसका लागि अहिले सुरुवाती मूल्य १ हजार ९ सय डलर अर्थात करिब दुई लाख ५२ हजार नेपाली रुपैयाँ तोकिएको छ ।

यसअघि अमेरिकी बहुराष्ट्रिय कम्पनी एप्पलले सार्वजनिक गरेको स्पेसल कम्प्युटरको विशेषतायुक्त भिजन प्रोले म्याककै स्क्रिन आँखा अगाडि ल्याउने दाबी गरेको थियो । 

म्याकलाई भिजन प्रोमा कनेक्ट गर्ने वित्तिक्कै साथ म्याकको स्क्रिन बन्द भई स्क्रिन भिजन प्रोमा देखिने विशेषता यसमा रहेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?