मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘मोदी मिडिया पोल’ भएको राहुल गान्धीको टिप्पणी

काठमाडौँ – भारतमा शनिबार लोकसभाको मतदान सकिएपछि आएका एक्जिट पोलमा भारतीय जनता पार्टीले पुनस् भारि बहुमत ल्याउने अनुमान गरेपछि कांग्रेस नेता राहुल गान्धीले ‘मोदी मिडिया पोल’ भएको टिप्पणी गरेका छन् ।

अधिकांश च्यानलहरूको एक्जिट पोलले बीजेपी नेतृत्वको एनडीएले ५४३ मध्ये ३५० भन्दा बढी सीट जित्ने भविष्यवाणी गरेका छन् ।

कांग्रेस नेता राहुल गान्धीले एक्जिट पोल बारे टिप्पणी गर्दै भने, ‘यसको नाम एक्जिट पोल होइन, यो मोदी मिडिया पोल हो, यो मोदी जीको पोल हो, यो उनको कल्पनाको पोल हो ।’ कांग्रेससहितको इन्डिया गठबन्धनले २९५ सिट जित्ने र केन्द्रमा सरकार बनाउने दाबि गरेका छन् ।

शनिबार राति सार्बजनिक एक्जिट पोललाई अधिकांश विपक्षी नेताहरूले अस्वीकार गर्दै जुन ४ मा आउने नतिजामा भारत गठबन्धन सरकार बनाउने दाबी गरेका छन् ।

भारतमा ७ चरणको मतदानपछि जुन ४ मा नतिजा आउनेछ । सबै एक्जिट पोलले प्रधानमन्त्री नरेन्द्र मोदीले लगातार तेस्रो पटक पूर्ण बहुमतका साथ सत्ता हात पार्ने सङ्केत गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?