काठमाडौँ– सन् २०१२ मा आएको फिल्म ‘सन अफ सारदार’ मा अजय देवगनको एक्सनप्रधान भूमिका थियो । यसलाई दर्शकले धेरै मन पराएको थिए ।
त्यसबेलादेखि यस फिल्मको सिक्वेलको पर्खाई थियो । यस यस फिल्मको सिक्वेलको पर्खाइ सकिएको छ । किनकी ‘सन अफ सारदार–२’ को रिलिज मिति निर्धारण भएको छ ।
फिल्ममा अजय देवगनका साथै सनी देओल पनि देखा पर्ने भएका छन् । फिल्मका निर्देशन पन्जावी फिल्म निर्माता विजय कुमार अरोडाले गर्ने छन् । अहिले यो फिल्मको प्रि–प्रोडक्सनको कार्य भइरहेको छ ।
हाल यस फिल्मको फाइनल मिति निर्धारण गरिएको छ । सनी देओल र अजय देवगनको फिल्म सन् २०२५ मा रिलिज हुने छ । फिल्मका मुख्य भूमिकामा मृणाल ठाकुर मुख्य भूमिकामा देखिनेछन् ।
फिल्मको सिक्वेलमा सोनाक्षी सिन्हालाई मृणाल ठाकुरले रिप्लेस गरेको छ । फिल्मको सुटिङ चाँडै नै सुरु हुँदैछ ।
फिल्मको पहिलो पार्टमा अजय देवगन सञ्जय दत्त, सोनाक्षी सिन्हा र जूही चावलका साथै सलमान खानको भूमिकामा रहेका थिए । यो एसएस राजामौलीको फिल्म ‘मर्यादा रमन्ना’मी रिमेक फिल्म थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया