मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

राष्ट्रिय ललितकला प्रदर्शनीमा प्रदर्शनरत मनमोहक कलाकृतिहरु (फोटोफिचर)

काठमाडौँ– नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८१’ शुरु भएको छ ।
प्रतिष्ठान परिसरमा मङ्गलवार गरिएको समारोहमा सहभागी संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री तथा प्रतिष्ठानका संरक्षक हितबहादुर तामाङले प्रदर्शनीको उद्घाटन गरेका हन् ।

कलाकृतिहरु अवलोकन गर्दै प्रतिष्ठानले ललितकलाकर्मीलाई प्रोत्साहन र प्रवद्र्धन गर्न विशेष कार्यहरू गरेको धारणा राखे । उनले भने, ‘प्रतिष्ठानले ललितकलाको संरक्षण, संवर्धन र प्रवर्धन गर्न मुलुकमै पहिलो पटक प्रादेशिक ललितकला प्रदर्शनी गरी त्यस प्रदर्शनीबाट छनोट भएका उत्कृष्ट कलाकृतिहरु राष्ट्रिय ललितकला प्रदर्शनीमा राखिएका छन् ।

एउटै छानामुनि विविध कलाको अवलोकन गर्न अवसर समेत दिलाएको छ ।’ यस कार्यक्रमलाई प्रतिष्ठानले आगामी दिनमा अझ परिष्कृत गरी भव्यताका साथ गर्ने छ भन्ने विश्वास लिएको बताउँदै उनले प्रदर्शनीमा पुरस्कृत भएका सर्जक कलाकारहरूलाई अझ सक्रियताका साथ कला सिर्जनामा लाग्न आग्रह गरे ।

प्रतिष्ठानले ‘सामाजिक रूपान्तरण : ललितकलाको अभियान’ भन्ने मूल भावमा रहेर सम्पन्न गरेको ‘प्रादेशिक ललितकला प्रदर्शनी–२०८०’ मार्फत छानिएका कलाकृति समावेश गरेर यस वर्ष ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८१’ गरेको हो ।

प्रतिष्ठानले पहिलो पटक प्रादेशिक प्रदर्शनी हुँदै राष्ट्रिय ललितकला प्रदर्शनी गर्ने जानकारी समेटिएको विस्तृत विवरणसहितको सार्वजनिक सूचना २०८० माघ १२ गते जारी गर्दै देशभरका कलाकारलाई प्रदर्शनीमा सहभागिताका लागि आह्वान गरेको थियो ।

यसैअनुरूप प्रादेशिक ललितकला प्रदर्शनीमा सहभागी र अप्रतियोगी कलाकृतिसमेत समावेश गरी ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८१’ मा ४८२ कलाकारका ५२२ कलाकृति प्रदर्शनीमा राखिएको छ ।

जसअन्तर्गत कोसी प्रदेशबाट ४२ कलाकारका ४३, मधेस प्रदेशबाट ५७ कलाकारका ६१, बागमती प्रदेशबाट २३३ कलाकारका २६७, गण्डकी प्रदेशबाट ४२ कलाकारका ४६, लुम्बिनी प्रदेशबाट ७० कलाकारका ७०, कर्णाली प्रदेशबाट २३ कलाकारका २८, सुदूरपश्चिम प्रदेशबाट ४२ कलाकारका ४३ कलाकृति गरी ४८२ कलाकारका ५२२ कलाकृति प्रदर्शनीमा रहेका छन् ।

जसमा अप्रतियोगीअन्तर्गत ७६ कलाकृति समावेश छन् । विधागत रूपमा समसामयिक चित्रकलाका १७८ कलाकारका १९१, परम्परागत चित्रकलाका ८४ कलाकारका ८९, आधुनिक मूर्तिकलाका ३७ कलाकारका ४१, परम्परागत मूर्तिकलाका २१ कलाकारका २३, लोककलाका ४७ कलाकारका ५१, हस्तकलाका ६२ कलाकारका ६८, वास्तुकला तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कलाअन्तर्गत छविकलाका २८ कलाकारका ३३, प्रतिस्थापन कलाका ७ कलाकारका ७, कार्टुनका ११ कलाकारका १२, क्यारिकेचरका ३ कलाकारका ३, डिजिटलका १ कलाकारका १, भिडियो आर्टका १ कलाकारका १, भावभङ्गिमा कलाका २ कलाकारका २ कलाकृति प्रदर्शनीमा रहेका छन् ।

नेपाल पर्यटन बोर्ड प्रवर्धकका रूपमा रहेको प्रदर्शनी जेठ ३० गतेसम्म जारी रहनेछ ।

कलाकृतिहरु:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?