काठमाडौँ– नेपाल सरकारले मुलुकलाई सूचना प्रविधि हबको रुपमा विकास गरिने सरकारले घोषणा गरेको छ । आगामी वर्षमा सरकारले यसको लागि आगामी आर्थिक वर्षबाट सूचना प्रविधि दशक मनाउने भएको छ ।
अर्थमन्त्री वर्षमान पुनले मंगलबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत आगामी १० वर्षको अवधिमा ३० खर्बको निर्यात हुने व्यवस्था मिलाइने बताए । सूचना प्रविधिमा ५ लाख प्रत्यक्ष र १० लाख अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने व्यवस्था गरिने उनको भनाइ छ ।
नेपाललाई आगामी वर्ष डिजिटल नेपाल परिमार्जन गर्ने जनाइएको छ । साथै नेपालमा सूचना प्रविधिमा डाटा सुरक्षा गर्ने व्यवस्था मिलाउने छ ।
डिजिटल फ्रेमवर्क कार्यान्वयनका लागि ५९ करोड विनियोजन गरिएको उनले जानकारी दिए ।
काठमाडौं उपत्यका र बुटवलमा उपलब्ध सरकारी तथा निजी भवन सूचना प्रविधि पार्क सञ्चालनको लागि आवश्यक तयारी गरिने उनले बर्ता ।
सार्वजनिक, निजी साझेदारीमा अत्याधुनिक सूचना प्रविधि हब सन्चालनको लागि काठमाडौंको डिल्लीबजारस्थित चारखालमा बहुतले संरचना निर्माण गरिने अर्थमन्त्री पुनले बताए ।
ललितपुरको खुमलटारमा ‘ज्ञान पार्क’ स्थापना गर्न १७ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया