काठमाडौ – सरकारले आर्थिक वर्ष २०८१–०८२ को बजेट आज दिउँसो ल्याउने भएको छ ।
संसदको अवरोध जारी रहेको बेला आज बजेट वक्तव्यका लागि दिउँसो १ बजे सङ्घीय संसदको संयुक्त बैठक बोलाइएको छ ।
अर्थमन्त्री बर्षमान पुनले अपराह्न १ बजेदेखि संसदमा बजेट भाषण गर्ने तालिका तय गरिएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणको संसदीय छानबिनको माग गर्दै संसद अवरोध गरिरहेकाले संसदमा बजेट कसरी प्रस्तुत हुन्छ भन्ने स्पष्ट रहेको छैन ।
दलहरुबीच अहिले पनि संसदीय छानबिन समितिको कार्यादेशको विषयमा सहमति जुटाउने प्रयास जारी रहेको छ ।
अर्कातिर फिल्मकर्मीले बजेटमा फिल्म उद्योगलाई समेत सेमटिने अपेक्षा गरेका छन् । यसअघि बजेट भाषणमा फिल्म सिटी निर्माण लगायतका विषय उठाइए पनि ती अझै अपूरा नै छन् । सरकारले फिल्म उद्योगका लागि केही पनि नगरेको भन्दै फिल्मकर्मीले गुनासो गर्दै आइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया