काठमाडौँ – प्रभास र निर्देशक प्रशान्त नीलबीच फिल्मको कथाको विषयमा मतभेदका भएपछि बहुप्रतिक्षित सलारको सिक्वेल अनिश्चितकालका लागि स्थगित भएको छ ।
यसअघि पहिलो पार्टमा वरदाको भूमिका निर्वाह गरेका अभिनेता पृथ्वीराज सुकुमारनले सिक्वेलको स्क्रिप्ट अन्तिम चरणमा पुगेको र छायांकन पनि छिट्टै शुरु हुने बताएका थिए ।
सलार र शौर्याङ्ग जनजातिबीचको द्वन्द्वको कथा हो भने यसको पहिलो भाग ‘सालार पार्ट १ – सिजफायर’ २२ डिसेम्बर २०२३ मा रिलिज भएको थियो । जसले बक्सअफिसमा धमाका मच्चायो ।
प्रशान्त नीलद्वारा निर्देशित र लिखित यो फिल्म सफल भयो र यसले विश्वभर ७५० करोड भारु कमाई गरेको थियो । जसले ‘सालार भाग २ – शौर्याङ पर्वम’ को सिक्वेलको प्रतीक्षा उच्च थियो भने त्यसको घोषणा भइसकेको थियो ।
तर अब त्यो तत्काल पुरा नहुने भएको हो । त्यसका पछाडि निर्देशक प्रशान्तले जुनियर एनटीआरसँगको प्रोजेक्टमा आफ्नो ध्यान केन्द्रित गर्नुलाई पनि कारण मानिएको छ।
यता अभिनेता प्रभासका आगामी दिनमा ‘कल्की २८९८ एडी’, मारुतिसँग ‘राजु भाइ’ र सन्दीप रेड्डी वाङ्गा निर्देशित ‘स्पिरिट’ लगायतका फिल्म आउँदै छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया