मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

जुत्ता-चप्पल किन्दा ध्यान दिनुपर्ने ६ कुरा

काठमाडाैँ – समान्यतया ढाड दुख्ने समस्या हामीले लगाउने जुत्ता-चप्पलसँग पनि सम्बन्धीत हुन्छ। असहज, कसिला, अग्लो हिल, आफ्नो खुट्टामा नमिल्ने जुत्ता-चप्पल लगाउनाले ढाडको समस्या आउँछ।

जुत्ता किन्दा केही कुरालाई बेवास्ता गर्दा खुट्टासँग सम्बन्धित धेरै समस्या हुन सक्छ, किनभने खुट्टाले तपाईको सम्पूर्ण शरीरको भार वहन गर्छ। गलत जुत्ता लगाउनाले खुट्टा दुख्ने मात्र होइन, यसले ढाड दुख्ने र बनियन्स जस्ता समस्या पनि निम्त्याउन सक्छ।

एक अध्ययनका अनुसार लगभग ७७% वयस्कहरू खुट्टा दुख्ने समस्याबाट पीडित छन्। यसको प्रमुख कारण गलत फिटवेयर हो। तर, यो समस्या महिलामा बढी देखिन्छ । आफ्नो लुगासँग मिल्दो जुत्ताको संग्रह सिर्जना गर्न, तिनीहरू सस्तो जुत्ता किन्छन्, जुन केही दिनको लागि मात्र हुन्छ, तर यसले तपाईंलाई दीर्घकालीन समस्याहरू दिन सक्छ।

ध्यान दिनुपर्ने ६ कुरा
१.आफ्नो उमेरसँगै आफ्नो जुत्ता-चप्पलको साइज फरक पर्ने हुनाले आफूलाई फिट हुने मात्र छानेर किन्ने।
२. जुत्ता-चप्पलको साइज यसको प्रायोजन अनुसार पनि फरक पर्छ। दर्गुन र अफिसका लागि बनाइएको जुत्ता एकै साइज भएपनि आफूलाई नमिल्न सक्छ। त्यसैले किन्नुअघि ट्राइ गर्ने।
३. प्रायः मानिसको एक खुट्टा अर्कोभन्दा ठूलो हुन्छ। त्यसैले दुवै जुत्ता दुवै खुट्टामा मिल्छ भन्ने निश्चित गर्ने।
४.जुत्ता-चप्पल किन्नुअघि त्यसलाई लगाएर यताउता हिँड्ने। लगाउँदा चिप्लिए जस्तो, हल्लिए जस्तो हुन हुँदैन।
५. आफ्नो खुट्टाको आकारजस्तो जुत्ता-चप्पल किन्ने। खुट्टा मोटो भए पातलो खालको नकिन्ने।
६.तन्किन्छ वा खुल्छ भनेर आफ्नो साइजभन्दा सानो जुत्ता-चप्पल नकिन्ने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?