मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

तपाइलाई प्रिजेन्टेसन बनाउन सहयोगी हुनसक्छ गुगल स्लाइड 

काठमाडौँ– पुरा विश्व नै डिजिटलाइजेसनमा गइरहेको अहिलेको अवस्थामा प्रिजेन्टेसनको ठुलो महत्व रहेको छ । टेक्स्ट, इमेज, अडियो तथा भिडियोका रुपमा प्रिजेन्टेसन स्लाइडहरू बनाउने गरिन्छ । यसरी तयार पारिएका स्लाइडहरूलाई प्रोजेक्टरको सहायताले ठूलो समूहमा पनि प्रस्तुत गर्न सकिन्छ । 

तर कतिपय मानिसहरुलाई प्रिजेन्टेसनका स्लाइडहरु कसरी बनाउन सकिन्छ भन्ने बारेमा जानकारी नहुन सक्छ । त्यसकारण आज हामी तपाइलाई प्रिजेन्टेसन तयार पार्ने सफ्टवेयर गुगल स्लाइड्सका बारेमा जानकारी दिँदै छौँ । 

के हो गुगल स्लाइड्स र कसरी काम गर्छ यसले ?

गुगल स्लाइड्सबाट तपाइले अनलाइनमार्फत स्लाइड बनाउन, देखाउन र अन्यसँग सहकार्य पनि गर्न सक्नुहुन्छ । यसका साथै ती स्लाइडलाई गुगलकै अन्य एपमार्फत सोझै देखाउन पनि सकिन्छ ।  धेरैजसो मानिसहरुले पावर पोइन्टबाट प्रिजेन्टेसन स्लाइड निर्माण गर्ने गर्छन् । पावरपोइन्ट अफलाइन प्रोग्राम हो । तर क्लाउडमा आधारित गुगल स्लाइड भने अनलाइनमा प्रोग्राम हो ।  

यसलाइ प्रयोग गर्नका लागि स्लाइडको वेबसाइटमा जानुपर्छ । यस्तै वेबमार्फत जिमेल खोल्दा वा गुगल चलाउँदा माथि दायाँ भागमा भएको गुगल एप्स आईकनमा क्लिक गरेर स्लाइडमा पुग्न सकिन्छ । यस्तै तपाई आफ्नो एप्पल अथवा एन्ड्रोइड डिभाइसका लागि स्लाइडको एप पनि डाउनलोड गर्न सक्नुहुन्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?