काठमाडौँ– आज सुनको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइताबारका लागि प्रतितोला १ लाख ३६ हजार ९ सय रुपैयाँ तोकेको छ ।
शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको थियो । यसअघि जेठ ७ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ४१ हजार ८ सय रुपैयाँ पुगेको थियो ।
त्यस्तै चाँदीको मूल्य पनि स्थिर रहेको छ । अघिल्लो दिन तोलामा १८५५ रुपैयाँमा कारोबार भएको चाँदी यस दिन पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ । यसअघि जेठ ७ गते चाँदीको भाउ अहिलेसम्मकै उच्च १९४० रुपैयाँ पुगेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया