काठमाडौँ – सरकारले आजबाट देशभरका बालबालिकालाई पोलियोविरुद्धको खोप ‘आइपिभी’ लगाउने अभियान शुरु गरेको छ ।
दुई सातासम्म सन्चालन हुन यो अभियान अन्तर्गत १४ लाख ६२ हजार बालबालिकालाई ‘आइपिभी’ लगाउने स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाले जनाएको छ ।
यसअघि खोप लगाउन छुटेका बालबालिकाले पनि अभियानमा खोप लगाउन पाउने छन् । सन् २०२६ सम्म पोलियो उन्मूलन गर्ने लक्ष्य राखेको सरकारले नेपालमा पोलियो रोगको सङ्क्रमण अझै देखिएकाले दुई हप्तासम्म अभियान नै सञ्चालन गर्न लागेको हो ।
यस्तै २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकालाई पनि सरकारले खोप लगाउने भएको छ । ती बालबालिका सन् २०१६ देखि २०१८ को बीचमा खोप उत्पादन नहुँदा ‘आइपिभी’ लगाउनबाट वञ्चित भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया