काठमाडौँ – अन्तर्राष्ट्रिय कम्पनीहरू भारत केन्द्री भइरहेका वेला गुगलले पनि भारतमै पिक्सेल स्मार्टफोन र ड्रोन निर्माण गर्ने भएको छ ।
भारतीय अधिकारीहरू र गुगलका प्रतिनिधिबीच सकारात्मक वार्ता भएपछि स्मार्टफोन र ड्रोन निर्माणको योजना अगाडि बढेको बीबीसीले बताएको छ ।
योजना अनुसार कम्पनीले तामिल नाडु राज्यमा रहेको फक्सकन फ्याक्ट्रीमा यी उपकरण उत्पादन गर्न लागेको हो । हाल तामिलनाडुमा फक्सकनका दुई ओटा फ्याक्ट्री सञ्चालन भइरहेका छन् ।
यसका लागि गुगल र फक्सकनबीच सम्झौता हुने तयारी भइरहेको बीबीसीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया