मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

किम्फको २१ औँ संस्करण १६ गतेदेखि, २२ देशका ६० भन्दा बढी फिल्म प्रदर्शन हुने

काठमाडौँ– काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) को २१ औँ संस्करण आउँदो १६ गतेदेखि आयोजना हुने भएको छ । 

नारा ‘इकोज अफ चेन्ज’ अर्थात् ‘परिवर्तनको प्रतिध्वनि’ राखिएको यो संस्करणमा २२ देशका ६० भन्दा बढी फिल्म प्रदर्शन हुने आयोजकले जनाएको छ ।

किम्फको अन्तर्राष्ट्रिय प्रतियोगिताअन्तर्गत वृत्तचित्र, आख्यान (कथानक), लघु तथा प्रयोगात्मक फिल्म समावेश छन् । यसैगरी नेपाल पानोरामा शीर्षकअन्तर्गत पहिलेजस्तै स्वदेशी प्रतिभाका रोमाञ्चक फिल्महरू प्रस्तुत हुनेछन् ।

काठमाडौँको राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डमा चार दिनसम्म चल्ने यो संस्करण इटालियन निर्देशक ब्रान्डो क्विलिचीको ‘द टाइगर्स नेस्ट’ को प्रिमियरबाट शुरु हुनेछ । नेपालमा छायाँकन गरिएको यो वृत्तचित्र बाघको बच्चालाई शिकारीबाट बचाउन साहसिक यात्रामा निस्किएको एक युवाको कथा हो ।

महोत्सवले नेपालका सामाजिक समस्याका बारेमा चलचित्र र कार्यक्रमहरूको छनोटमार्फत कुराकानी गराउने लक्ष्य राखेको छ । महोत्सवमा “एभरेस्ट रिभिजिटेड १९२४, २०२४” शीर्षकको चलचित्रसँगै एक शताब्दी पुरानो सगरमाथा क्षेत्रको तस्बिरहरूको प्रदर्शनी हुनेछ ।

त्यसतै नेपाल–कोरिया सम्बन्धको ५० औँ वर्षगाँठको अवसरमा कोरियाली चलचित्रको विशेष प्रदर्शनी गरिने आयोजकले जनाएको छ ।

अन्तर्राष्ट्रिय विधाका तीन फिचर आख्यान, ११ फिचर वृत्तचित्र, सात लघु आख्यान र सात लघु वृत्तचित्र तथा नेपाल पानोरामामा विधाका १३ वृत्तचित्र र १६ आख्यानमध्येबाट विजेता छनौट हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?