काठमाडौँ– नेपालमा वर्ल्डलिंक, भायानेट, टेकमाइन्डस लगायतका इन्टरनेट सेवा प्रदायकले वितरण गरेको इन्टरनेटमा समस्या देखिएको छ ।
शुक्रवार बिहान ११ बजेदेखि इन्टरनेटमा समस्या देखिएपछि केही सेवा प्रदायकले इन्टरनेट स्लो भएको र यसको समाधानका लागि काम भइरहेको भन्दै सूचना निकालेका छन् ।
यसअघि पनि केही समयअघि नेपालको इन्टरनेटमा समस्या देखिएको थियो । इन्टरनेट प्रयोगकर्ताले पनि इन्टरनेटमा समस्या आएको भन्दै गुनासो गरेका छन् ।
नेपालमा वर्ल्डलिंक लगायतका सेवा प्रदायकले अपस्ट्रिम नेटवर्कका लागि भारतको भर पर्ने गरेका छन् । एयरटेलको सुनौली नाकाबाट आउने अपस्ट्रिम नेटमा समस्या आइरहेको र त्यसका लागि काम भइरहेको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया