मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

के हो ‘माइ टास्क’ एप, यसले कसरी काम गर्छ 

काठमाडौँ– पछिल्लो समय धेरै मानिसहरूको जीवनशैली व्यस्त बन्दै गइरहेको छ । यस्तो अवस्थामा धेरै मानिसहरूका व्यक्तिगत, पारिवारिक तथा कार्यालयको कामहरू व्यवस्थित गर्नु नै समस्याको रूपमा देखिने गरेको छ । 

यस्ता समस्याको समाधानका लागि स्मार्ट दुनियाँमा दैनिक कामकाज, भेटघाट, बैठक तथा अन्य महत्त्वपूर्ण कार्यहरू व्यवस्थित गर्नका ‘माइ टास्क’ नामक एप निर्माण गरिएको छ । 

यस एपमा आफूले विभिन्न समयमा सम्पन्न गर्नुपर्ने कामहरू, महत्त्वपूर्ण भेटघाट, बैठक तथा निश्चित समयभित्र सम्पन्न गरिसक्नुपर्ने कामहरूको पहिले मिति, समय र कामको विवरण रेकर्ड गरिन्छ । 

त्यसपछि एपले समय क्रम अनुसार क्रमशः आज, भोलि, एक हप्ताभित्र, एक महिनाभित्र तथा त्यसपछिका दिन र समयमा गर्नुपर्ने कामहरू व्यवस्थित ढङ्गले देखाउँछ । 

महत्त्वपूर्ण कामहरू, बैठक तथा निश्चित समयभित्र सम्पन्न गरिसक्नुपर्ने कामहरूको बारेमा तोकिएको समयभित्र एसएमएसमार्फत प्रयोगकर्ताको मोबाइलमा पूर्व सूचना दिने सुविधा रहेको छ ।

त्यस्तै एकै दिनमा गर्नुपर्ने कामको सङ्ख्या धेरै भएको अवस्थामा ती कामहरूको प्राथमिकता निर्धारण गर्ने, सम्पन्न भई नसकेका कामहरूलाई काम नसकिएसम्म दोहोर्‍याएर देखाइराख्ने र कुनै काम पछिलाई सार्नुपर्ने भए सजिलै सार्न मिल्ने फिचर्स यस एपमा समावेश रहेको बताइएको छ । 

साथै व्यक्तिगत घटनाहरूको जानकारी तथा भ्रमणका रमाइला सम्झनाहरू समेत यस एपमा रेकर्ड गरेर राख्न मिल्ने बताइएको छ । 

यो एपको डिजाइन इनोभेटिभ इन्जिनियरिङ सर्भिसेजले गरेको हो हो ।

सर्वसाधारणलाई जानकारी दिने तथा उनीहरूलाई यसको उपयोगिता परीक्षण गर्न दिने उद्देश्यले कम्पनीले उक्त एपलाई एक हप्ताका लागि निःशुल्क प्रयोग गर्न सकिने गरी वेबसाइटमा राखेको कम्पनीले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?