काठमाडौँ– प्रविधिको दुनियाँमा पछिल्लो समय ओपन एआईको प्रयोग व्यापक भइरहेको छ ।
यसैबीच हालैमात्र च्याटजीपीटीको नयाँ भर्सन ‘जीपीटी–फोर ओ’ ल्याएको छ । यसले च्याटजीपीटीलाई स्मार्ट र प्रयोग गर्न सजिलो बनाउने बताएको छ । ‘जीपीटी ४ ओ’ ले टेक्स्ट र भिजन प्रयोग गरेर अन्तरक्रिया गर्न सकिने पनि कम्पनीले जनाएको छ ।
यसवाहेक ओपनएआईका केही फिचर प्रयोगकर्ताले निःशुल्क समेत प्रयोग गर्न पाइरहेका छन् । जसको वारेमा धेरै प्रयोगकर्तालाई थाहा नहुनसक्छ । त्यसकारण आज हामी तपाइलाई ओपनएआईले सार्वजनिक गरेका नयाँ फिचरका वारेमा जानकारी गर्दैछौँ ।
फोटोको भरमा प्रतिक्रिया दिने फिचर
च्याटजीपीटीको नयाँ भर्सनमा फोटोको भरमा प्रतिक्रिया दिन सक्ने फिचर उपलब्ध रहेको छ । तर यो सुविधा निःशुल्क रूपमा प्रयोग गर्दा भने प्रतिदिन दुई ओटा फोटो वा फाइल अपलोड गरेर प्रश्न सोध्न सक्छन् ।
इन्टरनेटबाट जानकारी खोजेर दिने
ओपनएआईले हालै सार्वजनिक गरेको जीपीटी फोर–ओ सार्वजनिक गरेपछि निःशुल्क रूपमा इन्टरनेटबाट ब्राउज गरेर जानकारी दिने फिचर पनि उपलब्ध भएको छ । यो फिचरमार्फत प्रयोगकर्ताले आफूलाई लागेको विषयमा इन्टरनेटबाट जानकारी खोजेर उपलब्ध गराउन अनुरोध गर्न सक्छन् ।
तथ्याङ्क विश्लेषण गर्न सक्ने क्षमता
च्याटजीपीटीले तपाइले उपलब्ध गराएका तथ्याङ्ककाको विश्लेषण समेत गरिदिने गर्छ ।
टेम्पोररी च्याट
यदि तपाइले च्याटजीपीटीको टेम्पोररी च्याट फिचर अन गर्नुभयो भने तपाईँसँग गरेको कुराकानी केही समयमा हराउँछन् । यो फिचर निःशुल्क उपलब्ध छ । यस्तै आफ्नो हिस्ट्रीमा आफूले च्याटजीपीटीमा खोजेको जानकार देखाउन चाहनुहुन्न भने पनि यो फिचर प्रयोग गर्न सक्नुहुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया