मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

 यसरी बनाउनुहोस् फलफूलको सलाद

चाहिने सामान

भूइँकटहरको टुक्रा १ सय ग्राम, स्याउको टुक्रा १ सय ग्राम, केराको टुक्रा १ सय ग्राम, काँक्रा १ सय ग्राम, गोलभेँडा १ सय ग्राम, भेंडेखुर्सानी ५० ग्राम, अनारको दाना ५० ग्राम, मायोनेज सस आधा कप, मरीचको धूलो तथा नुन स्वादअनुसार।

कसरी तयार पार्ने ?

विधि : माथि उल्लेख गरिएका सबै सामग्रीलाई एउटा भाँडामा राखेर फलफूल नलतपतिने गरी हल्कासँग चलाउने। मायोनेज सस चारैतिर लागिसकेपछि नुन तथा मरीच छर्कने। यसरी तयार गरिएको सलादलाई एक घण्टा फ्रिजमा राख्ने। यो परिकार खानासँगै वा खाना खाइसकेपछि डिजर्टका रूपमा खान सकिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?