मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सशस्त्र प्रहरीका ४५ प्रशिक्षार्थी अधिकृतद्वारा कुश्मामा बञ्जीजम्प

काठमाडौँ – सशस्त्र प्रहरीका ४५ जना प्रशिक्षार्थी अधिकृतले कुश्माको द क्लिफमा बञ्जी जम्प गरेका छन् ।

सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थका सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमका प्रशिक्षार्थी अधिकृतले साहसिक तालिमअन्तर्गत आज बञ्जीजम्प गरेको तालिम संयोजक सशस्त्र प्रहरी निरीक्षक रमेश घिमिरेले जानकारी दिए । सशस्त्र प्रहरीका अधिकृतस्तरका प्रशिक्षार्थीलाई दिने साहसिक प्याकेजमा यसपटक बञ्जीजम्प थप गरिएको उनले बताए। 

द क्लिफका अध्यक्ष राजु कार्कीले सशस्त्र प्रहरी बलको तालिमको हिस्सा बन्न पाउँदा खुशी व्यक्त गर्नुभयो । कार्कीको परिकल्पना र नेतृत्वमा कालीगण्डकी नदीको खोँचमाथि पर्वत र बाग्लुङ बलेवा जोड्ने गरी बनाइएको द क्लिफमा स्वीङ, बन्जीजम्प, स्काइ साइक्लिङलगायतका विभिन्न साहसिक पर्यटकीय गतिविधि सञ्चालनमा छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?