मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

हराएको फोन पत्ता लगाउन उपयोगी हुनसक्छ, यो मोबाइल एप

काठमाडौँ– हरेक स्मार्टफोनमा हुने आईएमईआई अर्थात् अन्तर्राष्ट्रिय मोबाइल इक्विपमेन्ट आइडेन्टिटी नम्बरको बारेमा धेरै मानिसहरूलाई थाहा नहुन सक्छ । आज हामी तपाइलाई यो भनेको के हो र यसले के काम गर्छ भन्ने बारेमा जानकारी दिँदै छौँ । 

एउटा फोनको आईएमईआई नम्बर कुनै अर्को फोनसँग मेल खाँदैन । यो नम्बरको सहयोगले चोरी भएको वा हराएको फोन पत्ता लगाउनुका साथै तपाईँसँग भएको फोन वास्तविक हो वा नक्कली भनेर पनि पत्ता लगाउन सकिन्छ ।

आईएमई नम्बर मार्फत हराएको मोबाइल कसरी पत्ता लगाउने 

आईएमईआई फोन ट्रयाकर नामक मोबाइल एपको प्रयोग गरी हराएको मोबाइल कसरी पत्ता लगाउन सकिन्छ । 

उक्त मोबाइल एपमा तपाईँले आफ्नो फोनको आईएमईआई नम्बर इन्टर गरेर ट्र्याक गर्न सक्नुहुन्छ । यदि तपाईँको फोनमा सिम कार्ड, इन्टरनेट पहुँच र जीपीएस लोकेशन नभए पनि यो एपले तपाइको हराएको वा चोरी भएको मोबाइल पत्ता लगाउन सक्ने दाबि एपले गरेको छ । 

तपाईंले गूगल प्लेबाट निःशुल्क आईएमईआई फोन यो एप इन्स्टल गर्नुपर्नेछ । फोनमा एप इन्स्टल गरेपछि आईएमईआई नम्वर राखेर सर्च गर्नुपर्छ । र तपाईँले मेसेजमार्फत आफ्नो फोनको लोकेशन पाउनुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?