मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मोबाइलमा इन्टरनेट चलेन , अपनाउनुहोस् यस्ता उपाय 

काठमाडौँ– इन्टरनेट मानव जीवनको अभिन्न अङ्ग नै बनिसकेको छ । अधिकांश कामकाजहरू पछिल्लो समय इन्टरनेटमा नै हुने गर्छन् । काम गर्दै गर्दा कुनै वेला इन्टरनेट नचल्दा वा ढिलो चल्दा जोकोहीलाई पनि रिस उठ्ने गर्छ ।

तर कतिपय अवस्थामा इन्टरनेट सेवा प्रदायकका कारण नभई प्रयोगकर्ताको आफ्नै कमजोरीका कारण पनि मोबाइलमा इन्टरनेटको समस्या देखिन सक्छ । 

यदि कुनै वेला तपाइको मोबाइलमा इन्टरनेट कनेक्ट भएन वा स्लो भयो भने तलका उपाय अपनाउन सकिन्छ । 

नेटवर्क सेटिङ रिसेट गर्ने 

तपाईँको डिभाइसमा इन्टरनेटले राम्रोसँग काम नगरेको अवस्थामा नेटवर्क सेटिङ रिसेट गर्दा पनि केही समस्या कम हुन सक्छ । यसो गर्दा फोनमा भएको नेटवर्कसम्वन्धी समस्या पनि केही हदसम्म समाधान हुनसक्छ । 

फोन रिस्टार्ट गर्ने 

कहिलेकाहीँ फोन रिस्टार्ट गर्दा इन्टरनेटको समस्यासँगै धेरै प्राविधिक समस्या समाधान हुने गर्छ । त्यसकारण मोबाइल फोनमा इन्टरनेट नचलेको अवस्थामा मोबाइललाई रिस्टार्ट गर्न सकिन्छ । 

क्यास डाटा डिलिट गर्ने 

फोनमा धेरै समय क्यास डेटा हुँदा पनि फोन ढिलो चल्ने, इन्टरनेटको गति कम हुने जस्ता समस्या देखिन सक्छन् । यस्तो समस्या हुन नदिन आफ्नो फोनको क्यास डेटा नियमित रूपमा डिलिट गर्नुपर्छ ।

डेटा युसेज र ब्याकग्राउन्ड एप जाँच गर्ने 

एकैपटक धेरै डेटा प्रयोग गर्दा पनि इन्टरनेटको गति कम हुन सक्छ । यस्तो अवस्थामा तपाईँले आफ्नो डिभाइसको सेटिङमा गएर कुन एपले कति डेटा लिइरहेको छ भनेर जाँच गर्न र ब्याकग्राउन्ड डेटा युज पनि बन्द गर्न सक्नुहुन्छ । 

फोन र एप अपडेट गर्ने 

आफ्नो फोनलाई समय समयमा यदि तपाईँको फोनमा नयाँ सफ्टवेयर अपडेट गरिराख्नुपर्छ । किनकि फोनलाई अपडेट गर्दा पनि विभिन्न समस्या समाधान हुने गर्छन् ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?