मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बालेनको आक्रोश, फोहोर बोक्ने चालक रिहा नभएसम्म सिंहदरबार र नेताको घरको फोहोर उठ्दैन

काठमाडौँ – काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह ‘बालेन’ ले सिहदरबारलगायत सबै पार्टी कार्यालयको र नेताहरुको घरको फोहोर नउठ्ने चेतावनी दिएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै बालेनले भ्रष्टलाई समाउन नसकेको तर काठमाडौमा फोहोर बोक्ने चार चालकलाई पक्राउ गरेको उल्लेख गरेका छन् ।

बालेनले चालक रिहा नभएसम्म चालकहरु रिहा नभएसम्म सिहदरबार लगायत सबै पार्टी कार्यालयको र नेताहरुको घरको फोहोर नउठ्ने बताएका हुन् ।

उनले भनेका छन्, भ्रष्टलाई समाउन सक्नु भएन , काठमाडौमा फोहोर बोक्ने चार चालकलाई समाउनु भएछ यो सरकारले । जब सम्म ससम्मान चालकहरु रिहा हुन्नन सिहदरबार लगायत सबै पार्टी कार्यालयको र नेताहरुको घरको फोहोर उठ्दैन । को को जुध्न आउने हो, आए हुन्छ, कसैलाई बाकिँ छोडिदैन !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?