मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

महोत्तरी कारागार भवन मर्मतसम्भारको अभावमा जीर्ण

महोत्तरी – जलेश्वरस्थित महोत्तरी कारागार भवन मर्मतसम्भारको अभावमा जीर्ण बनेको छ ।  भवन पुरानो भएकाले छत उप्कने, पर्खालको इँटा चोइटिने र मक्किएका दलिनबाट धमिराले खाएको धुलो झर्ने थालेपछि जोखिम बढेको कैदीबन्दीले गुनासो गरेका छन् । 

वि.सं १९१३ सालमा निर्मित कारागारमा एक सय ३५ जनालाई राख्न सकिने भए पनि हाल पाँच सयभन्दा बढी सङ्ख्यामा कैदीबन्दी राखिएका छन् । कारागार प्रमुख (जेलर) रामचन्द्र साहले क्षमताभन्दा बढी कैदीबन्दी भए पनि सोअनुसार व्यवस्थापन नहुँदा समस्या भएको बताए । 

उनका अनुसार कारागारमा रहेका पाँच सय ९४ कैदीबन्दीका लागि २४ कोठा, १५ शौचालय, सात वटा चापाकल र छवटा धारा छन् तर क्षमताभन्दा चौबर बढी कैदीबन्दी हुँदा सुत्न, बस्न र नित्यकर्म गर्नसमेत समस्या छ । “करिब डेढफिट चौडा कोठामा धेरै कैदीबन्दीको व्यवस्थापन गर्नुपर्दा धेरै समस्या छ । पछिल्लो समय कारागारलाई सुधारगृहको अवधारणाअनुसार विकास गर्नुपर्नेमा पठनपाठन, खेलकुद र मनोरञ्जनको व्यवस्थाका लागि सोच्न सकिएको छैन”, उनले भने । 

प्रदेश राजधानी रहेको धनुषामा कारागार नहुँदा त्यहाँको चाप पनि यही काराकारले धान्नुपरेको छ । कूल कैदीबन्दीमध्ये ६० प्रतिशतभन्दा बढी धनुषाकै कैदीबन्दी रहेका छन् । “हामीले कारागारको भौतिक अवस्था र कैदीबन्दीको चाप, पूर्वाधारलगायत समस्याबारे माथिल्लो निकायमा दैनिकजसो जानकारी गराइरहेका छौँ तर सुनुवाइ भएको छैन”, कारागार प्रमुख साहले गुनासो गरे ।

जलेश्वरमा कारागारसँग छ बिघा ११ कट्ठा १७ धुर जग्गा छ । सो जग्गामा  सुविधा सम्पन्न भवन तथा खुला कारागारको अवधारणाअनुसार पूर्वाधार निर्माण गर्न माथिल्ला निकायमा प्रस्ताव पठाइएकाले त्यसको कार्यान्वयन हुनुपर्ने साहले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?